
मुम्बई, 09 दिसम्बर (हि.स.)। महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले मंगलवार भने, राज्य सरकार महिलाहरूको सुरक्षाको लागि कटिबद्ध छ। उनले भने, सतारा जिल्लाको फलटणमा महिला डाक्टरले गरेको आत्महत्याको मामिलाको जाँच गर्नको लागि एकजना रिटायर्ड जजको अध्यक्षतामा एउटा कमिटी गठन गरिएको छ। चाँड़ै नै यस मामिलामा अदालतमा चार्जशीट पेश गर्नेछ।
मुख्यमन्त्री देवेन्द्र फडणवीसले मंगलवार नागपुरमा भइरहेको विधानमण्डलको शीतकालीन अधिवेशनमा बोलिरहेका थिए। उनले भने, फलटणमा महिला डाक्टरको आत्महत्यामा सामेल मानिसहरूको नामको जाँच गरिएको छ। जाँचमा यो पत्तो लागेको छ, महिलाको सुसाइड नोटको ह्याण्डराइटिंग ती महिलाको हो कि होइन साथै पक्रा पर्ने आरोपीहरूले सम्बन्धित महिला डाक्टरको शोषण गरे साथै उसित धोकाधड़ी गरे। यस मामिलामा पुलिससित पर्याप्त प्रमाण छ र पुलिसले चाँड़ै नै यस मामिलामा न्यायालमा मेन चार्जशीट पेश गर्नेछ।
विधानसभामा विधायक अमित साटम, विजय वडेट्टीवार, प्रकाश सोलंके, ज्योति गायकवाड़, सुनिल प्रभु, नाना पटोलेले सतारा जिल्लामा महिला डाक्टर आत्महत्याको मामिला उपस्थित पेश गर्दै जाँचको ब्यौरा मागेका थिए। यी विधायकहरूले महिला डाक्टरको आत्महत्या मामिलाको जाँच सुस्त गतिले भएको कारण महिलाहरूमा असुरक्षाको भावना सृजना भएको दाबी पनि विधानसभामा गरेका थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा