
नयाँ दिल्ली, ९ दिसम्बर (हि.स.)। कांग्रेस संसदीय दलकी अध्यक्ष सोनिया गान्धीलाई जन्मदिनको अवसरमा मंगलबार प्रधानमन्त्री नरेन्द्र मोदीसहित देशभरका धेरै प्रमुख नेताहरूले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ मार्फत शुभकामना दिएका छन्। नेताहरूले उनको लामो सार्वजनिक जीवन, त्याग, समर्पण, संवैधानिक मूल्य तथा सामाजिक न्यायप्रतिको प्रतिबद्धताको प्रशंसा गर्दै उत्तम स्वास्थ्य र दीर्घायुको कामना गरेका छन्।
प्रधानमन्त्री नरेन्द्र मोदीले एक्समा लेखे, सोनिया गान्धी दीर्घायु होउन् र स्वस्थ रहुन्।
तमिलनाडुका मुख्यमन्त्री एम.के. स्टालिनले भने, सोनिया गान्धीको जीवन त्याग, निःस्वार्थ लोक–सेवा तथा धर्मनिरपेक्षता र संवैधानिक मूल्यहरूको संरक्षणमा समर्पित संकल्पको प्रतीक हो। उनको मार्गदर्शनले देशको प्रगतिशील र समावेशी राजनीतिलाई अझ सबल बनाइरहोस्।
कांग्रेस महासचिव प्रियंका गान्धीले जन्मदिनको शुभकामना दिँदै उनको जीवनमा आनन्द, स्वास्थ्य र स्नेहको कामना गरेकी छन्।
राजस्थानका पूर्व मुख्यमन्त्री अशोक गहलोतले सोनिया गान्धीलाई भारतीय राजनीतिमा त्याग र समर्पणको प्रतिमूर्तिको रूपमा वर्णन गर्दै भने, देशको विविधता, संवैधानिक मूल्य र सामाजिक न्यायको संरक्षणप्रति उनको अटल संकल्प सबैका लागि प्रेरणादायी छ। उनले उनको दीर्घ, स्वस्थ र सुखी जीवनको प्रार्थना गरे।
राजस्थानका पूर्व उप–मुख्यमन्त्री सचिन पायलटले भने, सोनिया गान्धीले त्याग, समर्पण र सेवाको भावना सहित राष्ट्रहितमा धेरै महत्वपूर्ण निर्णय लिए, जसले असंख्य मानिसहरूको जीवनमा सकारात्मक परिवर्तन ल्यायो। उनले स्वास्थ्य, ऊर्जा र खुशीहरूले भरिएको वर्षको कामना गरेका छन्।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी