योक्सममा एनईसी परियोजना अन्तर्गत सुॅंगुरका बच्चाहरू वितरण
योक्सममा एनईसी परियोजना अन्तर्गत सुॅंगुरका बच्चाहरू वितरण


गेजिङ, 9 दिसम्बर (हि.स.)। योक्सम टाशीडिङ निर्वाचन क्षेत्र अन्तर्गत योक्सममा आज उत्तर पूर्वी परिषद् (एनईसी) परियोजना अन्तर्गत सुॅंगुरको बच्चा वितरण कार्यक्रम आयोजन गरियो। गेजिङ जिल्ला एनईसी परियोजना प्रबन्धन समितिद्वारा जिल्ला पशुपालन एवं पशुचिकित्सा सेवा विभागको संयुक्त तत्वावधानमा दिगो पशुपालनलाई प्रवर्द्धन गर्ने र ग्रामीण जीविकोपार्जनलाई सुदृढ़ पार्ने उद्देश्यका साथ उक्त पहल कार्यान्वयन गरिएको बताइएको छ।

कार्यक्रममा जिल्ला अध्यक्ष डीएस लिम्बू मुख्य अतिथि थिए भने पशुपालन विभागका अतिरिक्त निदेशक एवं जिल्ला प्रमुख बीबी लिम्बू, पशुचिकित्सा अधिकारी डा. मिक्कीत लेप्चा र ग्राम पञ्चायत सदस्यहरू उपस्थित थिए। यस योजना अन्तर्गत निर्वाचन क्षेत्रका 63 लाभार्थीहरूले सुॅंगुरका बच्चा प्राप्त गरेका छन्।

कार्यक्रममा बोल्दै मुख्य अतिथि लिम्बूले सुॅंगुर पालन, कृषि र बागवानी क्षेत्रमा व्यापक सम्भावनामाथि प्रकाश पार्दै यी क्षेत्रहरूलाई पनि एक पेशा र आय आर्जन गतिविधिका रूपमा गम्भीरताका साथ लिन आह्वान गरे। राज्य सरकारले राज्यका जनतालाई आत्मनिर्भर, आर्थिक रूपमा सम्पन्न र दिगो बनाउन निरन्तर काम गरिरहेको बताए। उनले सुँगुरको बच्चा वितरण कार्यक्रम पशुधन क्षेत्रमा उद्यमी बन्न परिवारहरूलाई सशक्त बनाउने उद्देश्यले गरिएको प्रमुख पहलहरू मध्ये एक रहेको बताए।

कार्यक्रममा अतिरिक्त निदेशक लिम्बूले एनईसी परियोजनाको उद्देश्यमाथि प्रकाश पार्दै सिक्किम सरकारले राज्यका कृषकहरूको हितमा शुरू गरेका विभिन्न योजना, पहल र कल्याण उपायहरूको बारेमा जानकारी गराए। यस अघि डा. मिक्कीत लेप्चाले लाभार्थीहरूलाई सुॅंगुर पालनमाथि प्राविधिक पक्षमा जागरुक गराएकी थिइन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande