गुवाहाटी, 10 मार्च (हि.स.)। असमकी वित्त मन्त्री अजन्ता नेओगले असमको बजेट पेश गर्दै आज सरकारी कर्मचारी, किसान तथा चिया बगानका श्रमिकहरूको उत्थानको लागि केही कल्याणकारी उपायहरूको घोषणा गरेकी छन्।
राज्यद्वारा पुरानो पेन्शन योजना (ओपीएस)- को लाभहरूलाई नयाँ पेन्शन योजना (एनपीएस) अन्तर्गत विस्तारित गरिनाले लगभग 2.8 लाख सरकारी कर्मचारीहरू लाभान्वित हुनेछन्।
अक्टोबरदेखि राशन कार्ड धारकहरूलाई हरेक महिना एक-एक किलो दाल, चीनी, नून वितरण गरिनेछ जसमा उचित मूल्यका पसलहरूको लागि 370 करोड़ रुपियाँ अलग्गै राखिएको छ।
342 करोड़ रुपियाँको आवन्टनबाट 6.8 लाख चिया बगान श्रमिक, दुवै आकस्मिक औ स्थायी,-लाई एकमुष्ठ 5,000 रुपियाँको वित्तीय सहायता प्राप्त हुनेछ।
वाणिज्यिक ब्यांकहरूबाट वेतन पाउने कन्ट्र्याक्चुअल तथा सार्वजनिक उपक्रमका कर्मचारीहरूलाई शून्य-लागत दुर्घटना तथा मृत्यु बीमा योजना अन्तर्गत कभर गरिनेछ।
विज्ञान औ शिक्षाको क्षेत्रमा काम गर्ने उदियमान लेखकहरूलाई एकमुष्ठ सहायताको रूपमा 25,000 रुपियाँ दिइनेछ। यस अतिरिक्त सरकारी कर्मचारीहरूलाई किताब खरिद गर्नको लागि 1,000 रुपियाँ दिइनेछ जसबाट पढ़्ने संस्कृतिलाई प्रेरित गर्न सकियोस्।
धान (250 रुपियाँ/क्विन्टल), मकै (250 रुपियाँ/क्विन्टल) औ तोरी (500 रुपियाँ/क्विन्टल)-को लागि वित्तीय सहायता गर्नुको उद्देश्य कृषि उत्पादनलाई बढ़ाउनु हो।
डिब्रुगढ़मा नयाँ विधानसभा भवन औ एमएलए होस्टेलको लागि 200 करोड़ रुपियाँ आवन्टन गरिनको साथै डिब्रुगढ़लाई असमको दोस्रो राजधानी बनाउने शंखघोष सरकारले गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा