इम्फाल, 10 मार्च (हि.स.)। असम राइफल्सले केन्द्रिय रिजर्भ पुलिस बल (सीआरपीएफ) औ मणिपुर पुलिससित मिलेर कांगपोकपी जिल्लाको कोटजिम गाउँस्थित खोउब्रु रोजमा 10 एकड़ भूमिमा फैलिएको अफिमको खेतीलाई नष्ट गरिदियो। असम राइफल्सका प्रवक्ताले सोमवार बताए, यस क्षेत्रमा लगभग 50 किलोग्रामसम्म अफिमको उत्पादन हुने सम्भावना थियो।
सुरक्षा बलहरूको यस कारबाहीको उद्देश्य राज्यमा अवैध अफिमको खेतीलाई समाप्त गर्नु अनि योसित सम्बन्धित नशालु पदार्थको कारोबारलाई बाधित गर्नु हो। मणिपुरमा बढ़्दो अफिमको खेती तथा मादक पादर्थको तस्करीलाई रोक्नको लागि सुरक्षा एजेन्सीहरूले लगातार अभियान संचालन गरिरहेको छ।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा