गुवाहाटी, 10 मार्च (हि.स.)। असम विधानसभाको बजेट सत्र सोमवार प्रश्नकाल समाप्त भएपछि विधानसभा अध्यक्ष बिश्वजीत दैमारीले सम्पूर्ण सदनको पक्षबाट दुबईमा आयोजित आईसीसी च्याम्पियनशिप जितेकोमा भारतीय क्रिकेट टीमलाई बधाई दिए।
विधानसभा अध्यक्ष दैमारीले भने, असमिया सन्तान देबोजीत सैकिया बीसीसीआईका सचिव रहँदा भारतीय टीमको यो जीत असमियाका मानिसहरूको लागि बेजोड़ उपलब्धि हो। बीसीसीआई अध्यक्ष रोजर बिन्नी, सचिव देवोजीत सौकिया सहित संस्थाका अन्य पदाधिकारीहरूलाई पनि शुभकामना दिए। साथै उनले साहित्य अनुवाद पुरस्कार प्रापक राज्यका तीनजना साहित्यकारहरूलाई पनि शुभकामना दिए। यस अतिरिक्त राज्यको पहाड़ी जिल्ला कार्बी आंगलोंगकी सानी छोरी विनिता छेत्रीले ब्रिटेन गट ट्यालेण्टमा सफलता हासिल गरेकोमा प्रसन्ता व्यक्त गर्दै छोरीको भविष्यको लागि शुभकामना दिए।
उल्लेखनीय छ, आइतवार दुबईमा आईसीसी च्याम्पियनशिपको फाइनल म्याच भारत अनि न्यूजील्याण्डबीच सम्पन्न भएको थियो। भारतीय टीमका कप्तान रोहित शर्माको नेतृत्वमा भारतले बेजोड़ जीत हासिल गऱ्यो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा