मेदिनीपुर, 10 मार्च (हि. स.)। आगामी वर्ष 2026- को विधानसभा चुनाउपूर्व शुभेन्दु अधिकारीको गढ़मा एउटा ठूलो झट्का लागेको छ। सोमवार पूर्व मेदिनीपुर जिल्लाको हल्दियाकी तापसी मण्डल भाजपा छोड़ेर तृणमूल कंग्रेसमा सामेल भइन्।
तापसी मण्डल लामो समयदेखिकै राजनीतिसित जोड़िँदै आइरहेकी छन्। उनले वर्ष 2016-को विधानसभा चुनाउमा माकपाबाट लड़ेर जितेकी थिइन्। वर्ष 2021-को चुनाउपूर्व तापसीले आफ्नो सुर परिवर्तन गर्दै शुभेन्दु अधिकारीको सहयोगमा भाजपामा सामेल भइन् अनि भाजपाको टिकटमा हल्दियाबाट चुनाउ जितिन्। अब सोमवार उनी तृणमूलमा सामेल भएकी छन्।
तापसीले सोमवार बिहान विधानसभा सत्रमा भाग लिइन्। अचानक उनी त्यहाँबाट एकजना तृणमूल नेतासित तृणमूल भवनमा पुगिन् अनि तृणमूलको झण्डा समातिन्।
राजनीतिक विशेषज्ञहरूको मान्यता छ, चुनाउपूर्व उनको पूर्ण हृदय परिवर्तन भाजपाको लागि चुनौती हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा