बजेट असमको उज्जवल भविष्यको रूपरेखा होः डा. सरमा
बजेट असमको उज्जवल भविष्यको रूपरेखा होः डा. सरमा


गुवाहाटी, 10 मार्च (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले सोशल मीडियामा असमको बजेट- 2025 लाई असमको उज्ज्वल भविष्यको रूपरेखा बताए। उनले भने, यो बजेट दूरदर्शी दृष्टिकोणको प्रतिबिम्ब हो जुन असमलाई नयाँ उच्च्तासम्म पुऱ्याउनको लागि तयार गरिएको छ।

मुख्यमन्त्रीले लेखे, प्रधानमन्त्री नरेन्द्र मोदीको 'विकास औ विरासत' मन्त्रको आधारमा तयार गरिएको यस बजेटमा नागरिक-केन्द्रित सुशासनलाई प्राथमिकता दिइएको छ। राज्य सरकारले पूँजीगत व्ययको लागि 38,759.18 करोड़ रुपियाँको प्रावधान राखेको छ र 85 प्रतिशत आवन्टित बजेटको प्रभावकारी उपयोग गरिन्छ।

उनले असमको आर्थिक विकासको सराहना गर्दै भने, राज्यको मोठ व्यय अब 1.55 लाख करोड़ रुपियाँसम्म पुगिसकेको छ जबकि राज्को जीडीपी वृद्धि दर 13 प्रतिशत छ जुन राष्ट्रिय औसत 10 प्रतिशतभन्दा अधिक हो।

मुख्यमन्त्रीले भने, यस बजेटमा नागरिकहरूको जीवनलाई सरल बनाउने तथा असमको अर्थव्यवस्थालाई सशक्त बनाउनको लागि केही योजनाहरू सामेल गरिएको छ। यसमा आर्टिफिशियल सेटलाइटदेखि लिएर प्रोटोन थेरपी सेन्टर अनि ओटीटी प्लेटफर्म जस्ता इनोभेटिभ योजनाहरूमाथि बल दिइएको छ। यस अतिरिक्त आर्थिक रूपमा पछाड़िएका मानिसहरूको जीवन स्तरमा सुधार ल्याउनको लागि पनि विशेष प्रावधान गरिएकोछ।

मुख्यमन्त्रीले भने, यो बजेटले असमलाई उद्यमिताको नयाँ युग तर्फ लैजानेछ अनि युवा एवं महिलाहरूको सम्भावनालाई सशक्त बनाउनेछ। उनले वित्त मन्त्री अजन्ता नेओग औ उनको विभागलाी एक जनहितैषी बजेट पेश गरेकोमा बधाई दिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande