गुवाहाटी, 10 मार्च (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले सोमवार ख्रिंग ख्रिंग बाइथो पूजाको अवसरमा सोनोवाल कछारी समुदायका सबै दाज्यु-भाइ तथा दिदी-बहिनीहरूलाई हार्दिक शुभकामना दिए। उनले भने, यो पर्व यस समुदायको लागि अत्यन्त हर्ष अनि उत्साहको प्रतीक हो।
मुख्यमन्त्री सरमाले सोशल मीडियाको माध्यमबाट आफ्नो सन्देश साझा गर्दै भने, यो तिहार कृषिसित सम्बन्धित रहेको भए पनि यो आध्यात्मिक धारणा, भक्ति तथा आस्थाको गहिरो लोक परम्परासित पनि जोड़िएको छ। उनले भने, आजको यस पावन अवसरमा श्रद्धा एवं भक्तिको साथमा ख्रिंग ख्रिंग बाइथोको आराधना गर्दछु साथै तपाईहरू सबैको सुख, समृद्धि तथा मंगल कामना गर्दछु।
उल्लेखनीय छ, ख्रिंग ख्रिंग बाइथो पूजा असमको सोनोवाल कछारी समुदायद्वारा मनाइने एक महत्वपूर्ण पर्व हो जसमा कृषि, आध्यात्मिकता औ सांस्कृतिक परम्पराहरूको संगम देख्न पाइन्छ। यस अवसरमा मानिसहरूले पारम्परिक रीति-थीतिको साथमा पूजा-अर्चना गर्दछन् तथा समृद्धिको कामना गर्दछन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा