अरूणाचल प्रदेश विधानसभामा वित्तमन्त्रीले पेश गरे 966.65 करोड़को घाटाको बजेट
अरूणाचल प्रदेश विधानसभामा वित्तमन्त्रीले पेश गरे 966.65 करोड़को घाटाको बजेट


इटानगर, 10 मार्च (हि.स.)। अरुणाचल प्रदेशका उपमुख्यमन्त्री एवं वित्त मन्त्री चौना मीनले सोमवार वित्तीय वर्ष 2025-26को लागि 39,842.23 करोड़ रुपियाँको वार्षिक बजेट पेश गरे जसमा 966.65 करोड़ रुपियाँको घाटा दर्शाइएको छ। यो बजेटले पछिल्लो वित्त वर्षको आवन्टनभन्दा 11.16 प्रतिशतको वृद्धिलाई दर्शाउँछ।

उक्त मन्तव्य आज उपमुख्यमन्त्री औ वित्त मन्त्री चौना मीनले बजेटलाई सदनमा पेश गर्दा व्यक्त गरेका हुन्। उनले भने, समग्रमा यस वर्षको बजेट समावेशी विकास सुनिश्चित गर्ने तथा राज्यका मानिसहरूको आकांक्षालाई पूरा गर्नको लागि आधारभूत ढाँचाको विकास, स्वास्थ्य, शिक्षा एवं मानव संसाधन वृद्धिमाथि केन्द्रित छ।

बजेटका प्रमुख आवन्टनहरूमा स्वास्थ्य क्षेत्रको लागि 369 करोड़ रुपियाँ, शिक्षाको लागि 3,000 करोड़ रुपियाँ, कृषि औ संबद्ध क्षेत्रको लागि 1112 करोड़ रुपियाँ, मिशन अन्त्योदयको लागि 462 करोड़ रुपियाँ, कौशल विकासको लागि 106 करोड़ रुपियाँ औ स्वदेशी मामिलाहरूको लागि 60 करोड़ रुपियाँ सामेल गरिएको छ।

मीनले भने, केन्द्रिय बजेट अनुरूप यस वर्षको बजेट विकसित अरूणाचलको सिद्धान्तमाथि आधारित छ जहाँ सरकारले शून्य गरीबी, सय प्रतिशत गुणस्तरीय स्कूले शिक्षा, उच्च गुणस्तरीय, सस्ती एवं व्यापक स्वास्थ्य सेवासम्म पहुँच, सार्थक रोजगार सहित सय प्रतिशत कुशल श्रम, आर्थिक गतिविधिहरूमा 70 प्रतिशतभन्दा अधिक महिला एवं हाम्रो राज्यलाई भारतका फलहरूको प्याला बनाउने किसानहरूको परिकल्पनाको हो।

सात दिवसीय अरुणाचल प्रदेशको आठौं राज्य विधानसभाको चौथो सत्रको आज तेस्रो दिन सदनमा बजेट पेश गरियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande