डेटिंग एपको माध्यमबाट ठगी गरेको मामिलामा चारजना समातिए
डेटिंग एपको माध्यमबाट ठगी गरेको मामिलामा चारजना समातिए


नयाँ दिल्ली, 10 मार्च (हि.स.)। शाहदरा जिल्ला

पुलिसले डेटिंग एपको माध्यमबाट मित्रता गरेर नक्कली डेट गराउने ठगहरूको ग्यांगको खुलासा गर्दै चारजना आरोपीहरूलाई पक्राउ गरेको छ। यी आरोपीहरूको पहिचान राजेन्द्र (30), कुलदीप (39), आशीष (21) औ दीपक (24)- को रूपमा भएको छ। पुलिसले यिनीहरूको कब्जाबाट चारवटा मोबाइल फोन पनि जफ्त गरेको छ। जाँचमा पुलिसले पत्तो लगाए अनुसार आरोवी युवकहरूले युवतीहरूको नाममा आफ्नो प्रोफाइल बनाएर डेटिंग एपको माध्यमबाट युवकहरूलाई आफ्नो जालमा फसाउँथे। पछि उनीहरूलाई डेटिंग गर्ने बहानामा क्रस रिभर मलको क्लबमा बोलाउँथे। त्यहाँ बाहिरबाट युवतीहरूलाई ल्याएर ती युवकहरूसित भेट गराउँथे। त्यसपछि फसाएका युवकहरूलाई मोटो बिल दिन्थ्यो। यस कामको लागि आरोपीहरूलाई हरेक दिन तीन-तीन हजार रुपियाँ दिइन्थ्यो। पुलिसले पक्रा पर्ने आरोपीहरूसित जाँचबुझ गरी अन्य साथीहरूको बारेमा पत्तो लगाइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande