गुवाहाटी पुलिसले चोरीको बाइक जफ्त गरी आरोपीलाई रेकर्ड टाइममा समात्यो
गुवाहाटी पुलिसले चोरीको बाइक जफ्त गरी आरोपीलाई रेकर्ड टाइममा समात्यो


गुवाहाटी, 10 मार्च (हि.स.)। गुवाहाटी पुलिसको ईस्ट गुवाहाटी पुलिस जिल्ला (ईजीपीडी) टीमले एक बेजोड़ तथा तीव्र कारबाहीलाई परिणाम दिँदै चोरीक बाइकलाई जफ्त गर्नको साथै दुईजना कुख्यात अपराधीहरूलाई पक्राउ गऱ्यो। यो अभियान गुवाहाटीको बशिष्ठ थानाको पुलिसले एडीसीपी (ईस्ट) औ बशिष्ठ थानाप्रभारीको नेतृत्वमा गरेको हो जसमा पुलिसले मात्र एक घण्टाभित्रमा मामिला सुल्झाउनमा सफलता हासिल गऱ्यो।

पुलिसले सोमवार बतायो, गुवाहाटीको म्याडी गेस्ट हाउसमा एउटा सिल्भर रंगको यामाहा आर 15 (यूपी- 13बीडब्ल्यू 7375) चोरी भएको सूचना पुलिसलाई प्राप्त भयो। बाइक चोरीको घटनाले क्षेत्रमा खैलाबैला मच्चियो, तर पुलिसको सक्रियताको कारणले यो मामिला चाँड़ै सुल्झियो। सूचना पाउनसाथ बशिष्ठ थानाको पुलिसले आफ्नो जाँच शुरू गऱ्यो अनि चोरीको बाइक खोज्नको लागि तकनिकी विश्लेषण अनि गुप्तचरको सहारा लियो।

पुलिसले एउटा महत्वपूर्ण सुइँको पायो, बाइक चोरी गर्ने अपराधीहरूले यसलाई गुवाहाटीदेखि धुबड़ी जिल्लाको फकिरगञ्ज क्षेत्रमा पुऱ्याइदिएका छन्। त्यसपछि पुलिसको विशेष टीमले फकिरगञ्जमा छापा मारेर दुईजना कुख्यात मोटरसाइकल रिसभरलाई पक्राउ गऱ्यो। जाँचबुझमा आरोपीहरूले चोरीको घटनामा आफ्नो संलिप्ततालाई स्वीकार गर्दै चोरी गरिएको बाइक राखेको ठेगाना बताए। त्यसपछि पुलिसले बाइकलाई जफ्त गऱ्यो।

पुलिसले यस मामिलामा असरफुल देवान (23) र फिरोज काजी (32) नामक दुई आरोपीहरूलाई पक्राउ गरेको छ। दुवै पेशागत रूपमै अपराधी रहेको बताइँदैछ जो बाइक चोरीको मामिलामा पहिला पनि सामेल रहिसकेका छन्।

पुलिसको भनाइ छ, यस सफलतापछि क्षेत्रमा वाहन चोरीमाथि लगाम लगाउनको लागि थप कड़ा कदम उठाइनेछ। साथै आम मानिसहरूसित पनि सतर्क रहने अनि वाहनहरूको सुरक्षाको लागि उचित उपाय अप्नाउने अपील गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande