हुगली, 10 मार्च (हि. स.)। हुगली जिल्लाको दादपुर थाना अन्तर्गत बाबनान ग्राम पंचायतको मूलग्राम मौजामा 25 बीघा जमीनलाई लिएर भइरहेको विवादको अन्त होला जस्तो देखिएको छैन। यस विवादको जरा वर्ष 1994-मा वामपन्थी सरकारको समयदेखि शुरू भएको छ।
सूत्र अनुसार यो जमीन 177 जना मानिहरूलाई पट्टामा दिइएदेखि नै यी मानिसहरूले खेती गर्दै आइरहेका छन्। यिनीहरू यसलाई आफ्नो आजीविकाको आधार मान्दछन्। अर्कोतिर जमीनका मूल मालिक रहेको दाबी गर्ने मोहसिन मण्डलको भनाइ छ, वामपन्थी सरकारले उनको जमीनमाथि बलजफ्ति कब्जा गरेर सबैलाई वितरण गरिदिएको थियो। उनको यो पनि दाबी छ, वर्ष 2002-मा पट्टा रद्द गरिएको भए पनि जमीनमाथि उनको कब्जा हुन सकेको छैन।
उच्च न्यायालयमा यो मामिला चलिरहेको छ। कोर्टले उपजिल्ला म्याजिस्ट्रेट तथा ब्लक प्रसासनलाई जमीनको लेखाजोखा प्रस्तुत गर्ने आदेश दिएको छ। मालिक पक्षले मुद्दा दर्ता गराएपछि प्रशासनले गत बुधवार पुलिस बल सहित जमीन कब्जमा लिने प्रयास गऱ्यो, तर पट्टादार तथा माकपा कार्यकर्ताहरूको विरोधको कारणले यो सम्भव हुन सकेन। प्रदर्शनकारीहरूले बीडीओ र पुलिसलाई घेरे जसबाट क्षेत्रमा तनाउ व्याप्त भयो। त्यसपछि पुलिस र स्थानीय प्रशासनका मानिसहरू सोमवार जमीनमा पुग्दा माकपाको नेतृत्वमा पट्टादारहरूले विरोध प्रदर्शन शुरू गरे।
पट्टादारहरूको भनाइ छ, वामपन्थी सरकारले उनीहरूलाई यो जमीनको पट्टा दिएको थियो र उनीहरूले पछिल्लो 30 वर्षदेखिकै खेती गर्दै आइरहेका छन्। उनीहरूको लागि यो जमीन आजीविका तथा अधिकारको प्रतीक हो। उनीहरूको आरोप छ, तृणमूल सरकारले अब उनीहरूबाट यो जमीन खोस्ने प्रयास गरिरहेको छ।
मोहसिन मण्डलको दाबी छ, यो जमीन उनको हो र वामपन्थी सरकारले यसलाई अवैध रूपमा वितरण गरेको थियो। उनको भनाइ छ, 60 प्रतिशत मूल पट्टादारहरूको मृत्यु भइसकेको छ भने रहेका अन्यले जमीनलाई मौखिक रूपमा अरूलाई बिक्री गरिसकेका छन् जसले गर्दा स्थिति सुल्झिन सकेको छैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा