कोलकाता, 10 मार्च (हि. स.)। पश्चिम बंगालका राज्यपाल डा. सी.वी. आनन्द बोसको नाममा अनलाइन ठगीको बढ़्दो मामिलालाई मध्यनजर गर्दै राजभवनले कड़ा चेताउनी जारी गरेको छ। ठगले सोशल मीडियामा नक्कली अकाउण्ट बनाएर मानिसहरूबाट धन ठगी गर्ने प्रयास गरिरहेको छ।
राजभवनका प्रवक्ताले बताए, यसप्रकारको धोकाधड़ीको सिकायत लगातार सामु आइरहेको छ। केही मानिसहरूले सिकायत दर्ता गराएका छन्, उनीहरूलाई राज्यपालको नाममा नक्कली अफर दिएर ठगी गर्ने प्रयास गरियो। प्रवक्ताले जनतासित अपील गर्दै भने, यदि कसैलाई यसप्रकारको ठगीको शिकार बनाउने प्रयास गर्छ भने उनीहरूले तत्काल पुलिसलाई सूचना दिउन्। कुनै पनि परिस्थितिमा यस्तो नक्कली प्रस्तावहरूलाई स्वीकार नगरून्।
रिपोर्ट्स मुताविक ठगले फोन कल औ व्यक्तिगत सम्पर्कको माध्यमबाट मानिसहरूसित सम्पर्क गरिरहेको छ तथा राज्यपालसित सम्बन्धित नक्कली योजना एवं अवसरहरूको बहाना बनाएर धोकाधड़ी गरिरहेको छ। शुरूमा पुलिसलाई यसको जानकारी गराइएपछि यस्ता घटनाहरूमा कमी आएको थियो, तर हालैमा यी ठगहरू पुनः सक्रिय भएका छन्।
राजभवनले फेरि एकपटक राज्यपाल कार्यालय अनि उनीहरूको परिवारसित सम्बन्धित सबै मानिसहरू लगायत आम जनतासित सतर्क रहने अपील गरेको छ ताकि उनीहरू यस प्रकारको धोकाधड़ीदेखि बच्न सकुन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा