बटद्रवा थानमा पाँच दिवसीय दौल उत्सवको तयारी
बटद्रवा थानमा पाँच दिवसीय दौल उत्सवको तयारी


नगाउँ (असम), 10 मार्च (हि.स.)। आगामी दौल महोत्सव आयोजनाको निम्ति दुई दिन मात्र बाँकी रहेको छ। यसबीच राज्यका विभिन्न भागहरू जस्तै महापुरुष श्रीमन्त शंकरदेवको जन्मस्थान बटद्रवा थान पनि अबीरको रंगले रंगिन तयार भएको छ।

उल्लेखनीय छ, महापुरुष श्रीमन्त शंकरदेवले 18 वर्षको उमेरमा बटद्रवा थानमा दौल यात्रा उत्सव अर्थात फकुआको शुरूआत गरेका थिए। यस महान परम्पराको आधारमा प्रतिवर्ष दौल यात्रा उत्सव बड़ो धुमधामले मनाइन्छ।

यस वर्ष यो महोत्सव 13 देखि 17 मार्चसम्म आयोजना गरिनेछ। यस महोत्सवमा लाखौं श्रद्धालुहरू सामेल हुने आशा छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande