सुकान्त मजुमदारको दाबीः पश्चिम बंगालमा बंगलादेश जस्तै अवस्था
सुकान्त मजुमदारको दाबीः पश्चिम बंगालमा बंगलादेश जस्तै अवस्था


कोलकाता, 10 मार्च (हि. स.)। पश्चिम बंगालमा कानून-व्यवस्थाको स्थितिलाई लिएर केन्द्रिय मन्त्री तथा प्रदेश भाजपा अध्यक्ष डा. सुकान्त मजुमदारले सोमवार एक्स ह्याण्डलमा पोस्ट गरेका छन्। यसमा उनले लेखे, पश्चिम बंगालमा बंगलादेश जस्तै अवस्था छ जुन बंगलादेशमा व्याप्त अराजकताको प्रतिबिम्ब हो।

सुकान्त मजुमदारले आफ्नो पोस्टमा हिंसाको एउटा भीडियो शेयर गर्दै लेखे, ममता ब्यनर्जीका उग्र समर्थकहरूले मुर्शिदाबादको पटिकाबाड़ी बजारमा हिन्दूहरूको पसलमा आगो लगाइदिए। पछिल्लो 48 घण्टाभित्रमा केही हिन्दू मन्दिरहरूलाई अपवित्र बनाइएको छ। यस परिस्थितिलाई बंगालकी गृहमन्त्री ममता ब्यनर्जीले यदि नियन्त्रण गर्न सक्दिनन् भने उनले केन्द्रिय बललाई तैनाथ गर्ने बारेमा सोच्नुपर्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande