नयाँ दिल्ली, 10 मार्च (हि.स.)। पूर्वी दिल्ली जिल्लाको गाजीपुरस्थित राष्ट्रिय राजमार्ग-24 मा फूल मण्डी नजिक गए राती रोहित (32) नामक एकजना युवकको गोली ठोककी हत्या गरियो। यसको विरोधमा आक्रोशित परिवारले सोमवार बिहान सड़क जाम गरिदियो जसलाई पछि पुलिसले सम्झाई-बुझाई खोलायो।
पूर्वी जिल्लाका डीसीपी अभिषेक धानियाले आज यहाँ बताए, गाजीपुर गाउँ निवासी रोहित गए रातो गोली लागेर घाइते भएका थिए। उसलाई एलबीएस अस्पतालमा लगियो जहाँ डाक्टरहरूले उसलाई मृत घोषित गरिदिए। घटनापछि परिवारले राष्ट्रिय राजमार्गमा प्रदर्शन गरी जाम लगाए जसकारण एनएच-24 मा लामो जाम लाग्यो अनि आवत-जावत गर्ने मानिसहरूलाई विभिन्न समस्याको सामना गर्नुपऱ्यो।
पुलिसका वरिष्ठ अधिकारीहरूले घटनास्थलमा पुगेर सम्झाई-बुझाई शान्त गराए अनि जामलाई खोलाए। पुलिसले उक्त मामिलामा हत्याको मुद्दा दर्ता गरेको छ। हाल स््थानीय पुलिस बाहेक जिल्लाको अऩ्य यूनिटलाई पनि जाँचमा खटाइएको छ।
पुलिस सूत्रको भनाइ छ, यस हत्याकाण्डमा दुईजना मानिसहरूलाई हिरासतमा लिइएको छ जसलाई जाँचबुझ गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा