साहित्यकार आशा मुखिया लामा दिल्लीमा आयोजित साहित्योत्सव कार्यक्रममा सहभागी
साहित्यकार आशा मुखिया लामा दिल्लीमा आयोजित साहित्योत्सव कार्यक्रममा सहभागी


खरसाङ, 10 मार्च (हि.स.)। नेपाली भाषालाई प्रतिनिधित्व गर्दै खरसाङबाट वरिष्ठ साहित्यकार आशा मुखिया लामा नयाँ दिल्लीमा साहित्य अकादमीको वार्षिक साहित्यिक कार्यक्रम 'साहित्योत्सव' मा सहभागी बन्दै कविता वाचन गरेकी छन्। साहित्य अकादमीद्वारा दिल्लीमा गत 7 मार्चदेखि आगामी 12 मार्च 2025 सम्म आयोजना भइरहेको एशियाकै ठूलो साहित्यिक कार्यक्रम 'साहित्योत्सव' मा भाग लिन उनी आइतवार दिल्ली पुगेकी थिइन्।

उनले सोमवार उक्त कार्यक्रममा नेपाली भाषाको प्रतिनिधित्व गर्दै नेपाली भाषामा‌ कविता पठन गरिन्। उनले प्रथममा नेपाली भाषामा अनि त्यसपछि हिन्दी र अङ्ग्रेजी भाषामा अनुवाद गरिएको कविता पनि सुनाइन्। उक्त कार्यक्रमको अध्यक्षता चन्द्रशेखर कमवारले गरेका थिए।

साहित्य अकादमीद्वारा दिल्लीमा आयोजित साहित्योत्सव कार्यक्रममा सहभागी बन्न पाएकोमा खुशी लागेको साथै एशियाकै वृहत् साहित्यिक कार्यक्रममा‌ नेपाली भाषालाई प्रतिनिधित्व गर्दै नेपाली, हिन्दी र अङ्ग्रेजी भाषामा कविताहरु वाचन गर्न पाएकोमा खुशी लागेको बताएकी छन्‌। उनले यो आफ्नो लागि एकदमै अविस्मरणीय रहेको र यसरी नेपाली भाषालाई प्रतिनिधित्व गर्दै कविता वाचन गर्नु पाउनु गर्वको कुरा रहेको बताएकी छन्।‌

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande