असम विधानसभामा वित्त मन्त्रीले पेश गरिन् 620.27 करोड़को घाटाको बजेट
असम विधानसभामा वित्त मन्त्रीले पेश गरिन् 620.27 करोड़को घाटाको बजेट


सरकारले बजेटमा शिक्षा, चिकित्सा, कृषि, उद्योग, पर्यटन एवं -गरीबहरूको विकासलाई दिइयो प्राथमिकता, केही सम्झौताहरूबाट राज्यमा एक स्थिर तथा शान्तिपूर्ण वातावरण सृजना भएको छः वित्तमन्त्री अजन्ता नेओग

गुवाहाटी, 10 मार्च (हि.स.)। असम विधानसभामा सोमवार राज्यकी पहिलो महिला वित्त मन्त्री अन्जता नेओगले वर्ष 2025-26 को लागि 620.27 करोड़ रुपियाँको घाटाको बजेट प्रस्तुत गरिन्। बजेटमा शिक्षा, चिकित्सा, कृषि, उद्योग, पर्यटन विकास, गरीबहरूको विकास, ग्रामीण बुनियादी ढाँचाको विकास आदि सहित विभिन्न विकास योजनाहरूलाई प्राथमिकता दिइएको छ।

मुख्यमन्त्री डा. हिमन्त बिस्वा सरमा नेतृत्वाधिन सरकारको यो पाँचौं पूर्ण बजेट हो। सदनमा बजेट प्रस्तुत गर्दै वित्तमन्त्रीले भनिन्, राज्यमा शान्ति सुनिश्चित गर्दै सरकारले पछिल्लो केही वर्षमा प्रगतिको एक नयाँ युग शुरू गरेको छ। हालैमा हामीले बोडो शान्ति सम्झता, आदिवासी शान्ति सम्झौता, उल्फा शान्ति सम्झौता औ मेघालय र अरुणाचल प्रदेशसित अन्तर-राज्य सीमा सम्झौतामा हस्ताक्षर गरेका छौं जसको परिणामस्वरूप राज्यमा एक स्थिर औ शान्तिपूर्ण वातावरण सृजना भएको छ।

राज्यकी वित्त मन्त्री अन्जता नेओगले बताइन्, वर्ष 2025-26 को बजेट अनुसार वर्षको मोठ आय 2,62,913.92 करोड़ रुपियाँ हुनेछ। विभिन्न श्रोतहरूबाट राजस्व निधिमा 1,17,225.97 करोड़ रुपियाँ औ पूँजीगत निधिमा 38,202.78 करोड़ रुपियाँ समेत समेकित निधिमा 1,55,428.75 करोड़ रुपियाँ जमा हुनेछ। यसरी नै सार्वजनिक निधिमा 1,05,485.17 करोड़ रुपियाँ औ सहायक निधि अन्तर्गत 2,000 करोड़ रुपियाँ जोड़ेपछि वर्षको मोठ असुली 2,62,913.92 करोड़ रुपियाँ हुनेछ।

वित्तमन्त्रीले बताइन्, वर्ष 2025-26 को लागि मोठ अनुमानित व्यय 2,60,959.24 करोड़ रुपियाँ छ। राजस्व खातामा 1,17,225.96 करोड़ औ पूँजीगत खातामा 38,759.18 करोड़ रुपियाँ समेत कुल समेकित निधिबाट 1,55,985.14 करोड़ रुपियाँ व्यय अनुमानित छ। यसरी सार्वजनिक क्षेत्रमा व्यय 1,02,974.10 करोड़ औ सहायक निधि अन्तर्गत 2,000 करोड़ रुपियाँ समेत वर्षको कुल अनुमानित व्यय 2,60,959.24 करोड़ रुपियाँ छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande