भाजपा सरकार दिल्लीमा नशाको चलनलाई समाप्त गर्न कटिबद्ध- वीरेन्द्र सचदेवा
भाजपा सरकार दिल्लीमा नशाको चलनलाई समाप्त गर्न कटिबद्ध- वीरेन्द्र सचदेवा


नयाँ दिल्ली, 10 मार्च (हि.स.)। दिल्ली भाजपा अध्यक्ष वीरेन्द्र सचदेवाले भाजपा सरकार दिल्लीमा नशाको चलनलाई समाप्त गर्न कटिबद्ध छ भनेका छन्। उनले भने, नशा एक सामाजिक अभिशाप हो। यस विरूद्ध जनता, सामाजिक संस्थाहरू र जनप्रतिनिधिहरू अगाड़ी आएर नशालाई रोक्न अभियान चलाउने आवश्यकता छ।

उनले भने, आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवालको शासनमा न सरकारको आबकारी विभागले नशा व्यापारीहरू विरूद्ध कुनै अभियान चलायो न त जनप्रतिनिधिहरूले आफ्नो क्षेत्रमा नशा बिक्री विरूद्ध अभियान चलाए। दिल्लीमा तत्कालीन केजरीवाल सरकारले एक यस्तो रक्सी नीति ल्यायो, जसमा एक बोतलको साथ एक बोतल फ्री बाँड़ेर सरकारले रक्सी सेवन वृद्धिलाई सरकारी मान्यता दियो।

यसैगरी केजरीवाल सरकारसित आबकारी विभागमा कर्मीहरूको फौज थियो तर 10 वर्षमा आबकारी विभागले एउटै पनि नशा वितरकलाई समातेन। दिल्लीमा रेव पार्टी भइरह्यो तर केजरीवाल शासनमा आबकारी विभागले कतै कुनै छापा मारेन। मुख्यमन्त्री रेखा गुप्ताले न केवल आबकारी विभागलाई नशा कारोबार गर्नेहरू विरूद्ध सख्तीको निर्देश दिइन् तर जनजागरण अभियान चलाएर एक एसएचओ एवं पुलिसकर्मीलाई निलम्बित गराएकी छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande