ओटावा, 10 मार्च (हि.स.)। कनाडाको सत्तारूढ़ लिबरल पार्टीले आइतवार जस्टिन ट्रूडोको स्थानमा मार्क कार्नीलाई नयाँ प्रधानमन्त्री चयन गरेको छ। तीन प्रतिद्वन्दीहरू विरूद्ध सजिलै नेतृत्वको दौड़ जित्ने मार्क कार्नीले आगामी आम चुनाउमा लिबरल पार्टीको तर्फबाट चुनाउ लड्नेछन्। उनको नियुक्ति यस्तो समयमा भएको छ जब डोनाल्ड ट्रम्पको ट्राफिक धम्कीहरूको कारण कनाडाको अर्थव्यवस्था प्रभावित हुन थालेको छ। 9 वर्षसम्म प्रधानमन्त्री पद सम्हाल्ने ट्रूडोले चौतर्फी दबाउबीच जनवरीमै आफ्नो राजीनामाको घोषणा गरेका थिए।पूर्व केन्द्रिय ब्याङ्क गवर्नर कार्नीले आइतवार लिबरल पार्टीको नेता चयन हुनका लागि भएको मतदानमा 85.9 प्रतिशत भोटहरूको साथ शानदार जित हासिल गरे। उनले तीन मजबुत प्रतिद्वन्दी पूर्व क्याबिनेट मन्त्री करीना गोल्ड, पूर्व वित्त मन्त्री एवं उप प्रधानमन्त्री क्रिस्टिया फ्रील्याण्ड र पूर्व लिबरल सांसद फ्र्याङ्क बेलिसलाई सजिलै हराए।1965 मा नर्थवेस्ट टेरिटरीजको फोर्ट स्मिथमा जन्मेका कार्नीले हार्वर्डमा आफ्नो पढ़ाई गरे। उनी ब्रिटेन र कनाडाको केन्द्रिय ब्याङ्कहरूको प्रमुख रहिसकेका छन्। ब्याङ्क अफ कनाडाको चीफ रहिसकेका कार्नीले आफ्नो कार्यकालमा वित्तीय संकटहरूको सामना गरे। 2008 को वित्तीय संकटबाट कनाडा अन्य धेरै देशहरूको तुलनामा तीव्र गतिमा बाहिर निस्केको थियो। 2013 मा उनी ब्याङ्क अफ इङ्गल्याण्डको प्रमुख बने।यद्यपि, मार्क कार्नीले कहिलेपनि कुनै निर्वाचित पद सम्हालेनन् र उनी संसदको सदस्य पनि होइनन्। अमेरिकाको साथ बढ्दो गतिरोधको मध्यनजर आगामी चुनाउमा अमेरिकाको तर्फबाट आइरहेको चुनौतीहरू र त्यसको साथ सम्बन्धहरूलाई सम्हाल्ने उत्तम अनुहार को हुनेछ भन्ने मुद्दा सबैभन्दा मजबुत भएर अगाड़ी आउनेछ। कनाडामा बढ्दो राष्ट्रवादी लहरले आगामी संसदीय चुनाउमा लिबरल पार्टीको सम्भावनाहरू बढ़ाएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी