हुगली, 10 मार्च (हि. स.)। हुगली जिल्लाको चुँचुड़ा नगरपालिकाको वार्ड नम्बर- 12 स्थित घुटिया बजारको पाइनगली क्षेत्रमा सोमवार बिहान एउटा घरमा पुच्का बनाउँदै गर्दा ग्यासको सिलेण्डर लीक भएर आगो लाग्यो। यसबाट घरमा द्रूत गतिमा आगो फैलियो अनि हेर्दा-हेर्दै घरभित्रका सबै सामान, पैसा आदि जलेर खरानी भयो।
घटनाको सूचना दमकल विभागलाई दिइयो। सूचना पाएर एउटा दमकल वाहन घटनास्थलमा पुग्यो अनि कड़ा परिश्रम गरेर आगोलाई नियन्त्रण गऱ्यो। आगो निभाउने क्रममा एकजना अग्निशमन कर्मचारी घाइते भए जसलाई तत्कालै अस्पतालमा लगियो।
स्थानीय सूत्र अनुसार पुच्का बनाउनअघि नयाँ सिलेण्डर जड़ान गरिएको थियो, त्यसपछि ग्यास प्रज्जवलित हुन र पुच्का तातो हुन अगाड़ि नै ग्यास लीक भएर घरमा आगो लाग्यो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा