छात्राहरूको ऊर्जा एवं आत्मविश्वास नै राष्ट्रको उज्जव भविष्को आधार होः मुख्यमन्त्री
छात्राहरूको ऊर्जा एवं आत्मविश्वास नै राष्ट्रको उज्जव भविष्को आधार होः मुख्यमन्त्री


नयाँ दिल्ली, 10 मार्च (हि.स.)। दिल्लीकी मुख्यमनन्त्री रेखा गुप्ताले भनिन्, विद्यार्थीहरूको ऊर्जा, आत्मविश्वास एवं संकल्पशक्ति नै राष्ट्रको उज्जव भविष्यको आधार हो। उनले सोमवार यहाँ अखिल भारतीय विद्यार्थी परिषद (एबीवीपी)- द्वारा आयोजित छात्रा संसदलाई सम्बोधन गरिरहेकी थिइन्।

उनले भनिन्, यहाँ नयाँ पिँढ़ीको सपना, विचार एवं संकल्पहरूलाई सुन्ने अवसर मिल्यो। यस छात्रा संसदको मञ्चमा युवतीहरूको सहभागिता तथा नेतृत्व क्षमतालाई देखेर गर्व महसूस भयो। छात्रा संसदको आयोजन नयाँ दिल्ली नगरपालिका परिषद (एनडीएमसी)- को कन्भेन्शन सेन्टरमा गरिएको छ।

मुख्यमन्त्रीले भनिन्, यस छात्राा संसदमा देशका अलग-अलग कुनाबाट छात्राहरू आएका छन्। मैले यहाँ युवाहरूसित दिल्लीको लागि उनीहरूको सुझाउ पनि मागेँ कि उनीहरूले दिल्लीलाई कुन दृष्टिले हेर्दछन् अनि उनीहरूको अपेक्षा के छ? यी छात्राहरूले देशहितमा काम र्ने जुन संकल्प लिकेका छन्, त्यो आफै-आफमा महत्वपूर्ण छ।

छात्रा संसदको मुख्य उद्देश्य छात्राहरूको वैचारिक स्पष्टता बढ़ाउनु तथा उनीहरूलाई प्रभावकारी नेतृत्वको लागि प्रेरित गर्नु हो। यस संसदमा शिक्षा, सुरक्षा, स्वास्थ्य, स्वावलम्बन, भारतीय चिन्तनमा महिलाहरूको भूमिका अनि विकसित भारत-2047 मा महिलाहरको सहभागिता जस्ता विषयहरूमाथि गहन विचार-विमर्श गरियो। महिलाहरूको शिक्षा एवं सशक्तिकरणलाई प्रेरित गर्नको लागि यस संसदमा देशभरिका 250 भन्दा अधिक छात्राहरूले भाग लिएका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande