राज्यपाल सीवी आनन्द बोसले भारतीय क्रिकेट टीमलाई आईसीसी च्याम्पिन्स ट्रफी जितेकोमा दिए बधाई
राज्यपाल सीवी आनन्द बोसले भारतीय क्रिकेट टीमलाई आईसीसी च्याम्पिन्स ट्रफी जितेकोमा दिए बधाई


कोलकाता, 10 मार्च (हि. स.)। पश्चिम बंगालका राज्यपाल डा. सी.वी. आनन्द बोसले भारतीय क्रिकेट टीमलाई आईसीसी च्यापियन्स ट्रफी जितेकोमा हार्दिक बधाई दिएका छन्। उनले यस ऐतिहासिक जीतलाई भारतीय क्रिकेटको गौरवशाली यात्रामा थप एउटा सुनौलो अध्यायको संज्ञा दिए।

राज्यपाल जो स्वयं खेलहरूप्रति गहरी रुचि राख्दछन्,- ले भारतीय टीमलाई कोलकातास्थित राजभवनमा आमन्त्रित गरेका छन्। उनले भने, च्याम्पियन्स ट्रफी विजेता टीमको सम्मान गर्नु एक गर्वको क्षण हुनेछ तथा राजभवन यस ऐतिहासिक जीतको साक्षी बन्नको लागि पूर्ण तयार छ।

डा. बोसले सोशल मीडिया मञ्च 'एक्स' -मा एक पोस्टको माध्यमबाट भारतीय टीमको बेजोड़ टीमवर्क, समर्पण तथा अदम्य जोशको सराहना गरे जसले उनीहरूलाई यो प्रतिष्ठित खिताब दिलाए। उनले लेखे, भारतीय टीमको यो अद्भुत उपलब्धिले हरेक भारतीयको हृदयलाई अपार गर्व औ खुशीले भरिदिन्छ। यो जीत भारतको खेल उत्कृष्टता औ आत्माको साँचो प्रतिबिम्ब हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande