राज्यपाललाई होली समारोहको निमन्त्रणा
राज्यपाललाई होली समारोहको निमन्त्रणा


गान्तोक, 10 मार्च (हि.स.)। गान्तोक निर्वाचन क्षेत्रका विधायक एवं शहरी विकास विभागका सल्लाहकार दिले नामग्याल बर्फुङ्गपाले आज सिक्किमका राज्यपाल ओम प्रकाश माथुरसॅंग राजभवनमा शिष्टाचार भेट गरे। विधायकले राज्यपाललाई गान्तोक निर्वाचन क्षेत्रका जनताको तर्फबाट आगामी होली पर्वको शुभकामना दिए।

यस अतिरिक्त, उनले राज्यपाललाई 14 मार्चका दिन एमजी मार्गमा आयोजन गरिने होली समारोहको निम्ति निमन्त्रणा पनि दिए। राज्यपालले निमन्त्रणालाई स्वीकार गर्दै होली समारोहमा सामेल बन्न सहमति व्यक्त गरेको राजभवनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande