ऋण एजेन्टहरूको उत्पीड़न खेप्न नसकेर व्यक्तिले गरे आत्महत्या
ऋण एजेन्टहरूको उत्पीड़न खेप्न नसकेर व्यक्तिले गरे आत्महत्या


नदिया, 10 मार्च (हि.स.)। जिल्लाको चापड़ा थानान्तर्गत गोकुरापोटा गाउँ निवासीले ऋण एजेन्टहरूको कथित दबाव तथा उत्पीड़नलाई झेल्न नसकेर आत्महत्या गरेका छन्। पुलिस तथा स्थानीय सूत्र अनुसार मृतकको नाम मकबुल हुसैन हो।

स्थानीय सूत्र अनुसार उक्त व्यक्तिले हालैमा 50 हजार रुपियाँ ऋण लिएका थिए। उनकी पत्नी माकपाकी पूर्व पंचायत सदस्य रहिसकेकी छन् भने मकबुल स्थानीय समुदायमा सम्मानित व्यक्ति थिए। ऋण तिर्ने दबावको कारणले उनले आफ्नो एक बिघा जमीन पनि गुमाए, तर सबै ऋण भुक्तान हुन सकेन।

परिवार औ स्थानीय सूत्र अनुसार एजेन्टले लगातार उनीमाथि अधिक पैसा लिनको दबाव दिँदै आइरहेको थियो। गए आइतवार राती पनि एजेन्ट कथित रूपमा उनको घरमा आयो अनि उनलाई आफूसितै लगेर कुटपिट पनि गऱ्यो। त्यसपछि सोमवार मकबुलको शव भेटियो भने शव नजिकै सुसाइड नोट पनि भेटियो। नोटमा ऋण एजेन्टको नाम उल्लेख गरिएको छ।

घटनापछि क्षेत्रमा तनाउ फैलियो। पुलिसले सुसाइड नोटको आधारमा जाँच शुरू गऱ्यो अनि आरोपीको खोजीमा जुट्यो तथापि शव उद्धार गर्ने क्रममा पुलिसलाई स्थानीय मानिसहरूको विरोधको सामना गर्नुपऱ्यो। मृतकको परिवार अनि छिमेकीहरूले एजेन्टलाई सजाय दिने माग गरिरहेका छन्। उनीहरूको मान्यता छ, यो आत्महत्या होइन, उत्पीड़नको परिणाम हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande