गान्तोक, 10 मार्च (हि.स.)। राष्ट्रिय कृषि एवं ग्रामीण विकास ब्याङ्कले (नाबार्ड) 11 मार्च, 2025 को दिन बहुप्रतीक्षित राज्य ऋण सङ्गोष्ठी 2025-26 आयोजन गर्ने भएको छ।
राज्य ऋण सङ्गोष्ठी वार्षिक कार्यक्रम हो जसले राज्यमा शीर्ष ब्याङ्क योजना (एलबीएस) अन्तर्गत कृषि, एमएसएमई तथा अन्य प्राथमिकता क्षेत्रका लागि दस्तावेज आधारित ऋण योजना अभ्यासको लोकार्पणका साथमा धरातल स्तरमा ऋण प्रवाहलाई बढावा दिन महत्त्वपूर्ण भूमिका खेल्दछ।
कार्यक्रमको अध्यक्षता राज्यका मुख्य सचिव रविन्द्र तेलाङले गर्नेछ भने राज्य सरकारका वरिष्ठ अधिकारीगण, एकाडेमिया, नागरिक समाज अनि एसएचजी सदस्यका साथमा गण्यमान्य अतिथिको उपस्थिति रहनेछ।
कार्यक्रममा नाबार्डद्वारा अति नै ध्यानपूर्वक तयार गरिएको स्टेट फोकस पेपर 2025-26 को लोकार्पण गरिनेछ। स्टेट फोकस पेपरमा विभिन्न क्षेत्रका लागि सम्भाव्यतायुक्त ऋण योजना रेखाङ्कित गरिएका छन् जसले कुशलतापूर्वक संसाधन आबन्टित गर्न ब्याङ्क अनि नीति निर्माताहरूलाई मार्गचित्र प्रदान गर्नेछ।
अभिनव वित्तपोषण मोडल, डिजिटल वित्तीय समावेशन अनि ग्रामीण आजीविकालाई सुदृढ बनाउन रणनीतिहरूमाथि चर्चा केन्द्रित रहनेछ। कार्यक्रममा नाबार्डद्वारा राज्यको निम्ति कृषि तथा ग्रामीण विकासलाई पोषित गर्न चालिएका विभिन्न हस्तक्षेप पहलहरू पनि प्रदर्शित गरिने पीआईबीले विज्ञप्तिमा बताएको छ।
हिन्दुस्थान समाचार / बिशाल