नयाँ दिल्ली, 10 मार्च (हि.स.)। दिल्ली विधानसभा अध्यक्ष विजेन्द्र गुप्ताले भने, महिला सशक्तिकरण नारा मात्र होइन जबकि समाजको सामूहिक जिम्मेवारी पनि हो जसलाई हामीले मिलेर निर्वाह गर्नुपर्छ। उनले भने, महिला सशक्तिकरण बिना सशक्त भारतको कल्पना अधुरो छ।
विजेन्द्र गुप्ताले अन्तरराष्ट्रिय महिला दिवसको उपलक्ष्यमा सोमवार एक निजी विश्वविद्यालयमा आयोजित तीन दिवसीय कार्यक्रमलाई मुख्य अतिथिको रूपमा सम्बोधन गरिरहेका थिए। यस विशेष कार्यक्रममा उनले महिलाहरूको उपलब्धि, उनीहरूको अधिकार तथा समाजमा उनीहरूको भूमिकामाथि आफ्नो विचार व्यक्त गरे।
विधानसभा अध्यक्षले भने, कुनै पनि देशको प्रगति महिला बिना सम्भव छैन। महिला समाजको रीढ़ हुन्छ र उनीहरूको सहभागिता बिना कुनै पनि राष्ट्र आर्थिक तथा सामाजिक रूपमा सशक्त हुनसक्दैन। उनले यस वर्षको थीम “एक्सीलेरेट एक्शन” -को उल्लेख गर्दै भने, हामीले लिंग समानतालाई द्रूत गतिमा बढ़ावा दिनको लागि ठोस कदम उठाउनुपर्छ। यो दिवसले हामीलाई याद दिलाउँछ कि हामीले महिलाहरूको सुरक्षा, शिक्षा, रोजगार तथा नेतृत्वका अवसरहरूमा वृद्धिको लागि लगातार प्रयास गर्नुपर्छ।
विधानसभा अध्यक्षले आँकड़ाहरूको माध्यमबाट यो दर्शाए, वर्ष 2014-मा लिगानुपात 918 थियो जुन वर्ष 2022-मा बढ़ेर 933 भयो। श्रम बलमा महिलाहरूको सहभागिता वर्ष 2017-18 मा 23 प्रतिशत थियो जुन वर्ष 2023-24-मा बढ़ेर 42 प्रतिशत पुगेको छ। भारतीय सशस्त्र बलहरूमा महिला अधिकारीहरूको संख्या वर्ष 2015- को तुलनामा 3.5 गुणा अधिक भएको छ। 48 प्रतिशत स्टार्टअप्समा न्यूनतम एकजना महिला निदेशकको रूपमा कार्यरत छ तथा भारतमा 8मध्ये लगभग 50 प्रतिशत एसटीईएम स्नातक महिलाहरू छन् जुन विश्वको सबैभन्दा अधिक हो। यो आँकड़ाले साबित गर्दछ कि महिलाहरूले अब हरेक क्षेत्रमा आफ्नो सशक्त उपस्थिति दर्ता गराइरहेका छन्।
विजेन्द्र गुप्ताले महिला सशक्तिकरणको दिशामा सरकारद्वारा उठाइएका ठोस कदमहरूमाथि पनि चर्चा गर्दै भने, सरकारका विभिन्न योजनाहरूको लाभ महिलाहरूमा सोझै पुगिरहेको छ जसबाट उनीहरूको आर्थिक एवं सामाजिक स्थिति सुदृढ़ भइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा