जन्मदिनको पार्टीमा बनाएको थियो विकास सिंहलाई गोली ठोक्ने योजना, एकजना पक्राउ
जन्मदिनको पार्टीमा बनाएको थियो विकास सिंहलाई गोली ठोक्ने योजना, एकजना पक्राउ


उत्तर 24 परगना, 10 मार्च (हि. स.)। बेलघरियामा रेलगेट नम्बर चार नजिक गत शनिवार राती लगभग 8 बजे एउटा चिया पसलमा तृणमूल नेता विकास सिंहमाथि बाइक सवार उपद्रवीहरूले गोली चलाएका थिए। यसमा विकास सिंह गम्भीर रूपमा घाइते भएका थिए। उनलाई तत्काल अस्पताल लगियो, सर्जरी पश्चात उनको अवस्था केही स्थिर रहेको बताइएको छ। तिनी स्थानीय पार्षदका निकटवर्ती रहेको बताइन्छ। यस घटनामा सन्तु दास नामक अर्को व्यक्ति पनि घाइते भए, तर प्राथमिक उपचारपछि तिनलाई छुट्टी दिइयो।

पुलिसले तत्काल कारबाही गर्दै गए आइतवार खड़दह थाना क्षेत्रबाट विक्की यादव नामक एक संदिग्धलाई पक्राउ गरेको छ। जाँचमा थाहा लागे अनुसार आक्रमणमा प्रयोग गरिएको बाइक विक्कीको थियो। मोबाइल टावर लोकेशनको आधारमा उसलाई पक्राउ गरिएको हो।

सोमवार पुलिस सूत्रबाट प्राप्त जानकारी अनुसार जाँचबुझमा खुलासा भएको छ, सोही राती विक्कीको जन्मदिनको पार्टीमा मुख्य आरोपी इन्दल ादव तथा अन्य दुईजना युवकहरू उपस्थित थिए। पार्टी अवधि रक्सी खाँदाको समय विकास सिंंहमाथि आक्रमण गर्ने योजना बनाइयो अनि उनीहरू बाइकमा सवार भएर घटनालाई परिणाम दिन त्यहाँबाट हिँड़े।

बेलघरिया पुलिसले जाँच शुरू गरेको छ। क्षेत्रको सीसीटीभी फुटेजको जाँच पनि गरिरहेको छ। विक्कीसित गरिएको जाँचबुझको आधारमा पुलिसले अब इन्दल यादवलाई खोजिरहेको छ जो यस मामिलाका मुख्य आरोपी रहेको मानिँदैछ। जाँचकर्ताहरूको मान्यता छ, इन्दललाई पक्राउ गरिएपछि नै घटनाको असली कारण स्पष्ट हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande