सिलचरमा 38 किलो गाँजा जफ्त, तीन पक्राउ
सिलचरमा 38 किलो गाँजा जफ्त, तीन पक्राउ


सिलचर (असम), 11 मार्च (हि.स.)। सिलचर पुलिसले 38 किलोग्राम गाँजा सहित तीनजना आरोपीहरूलाई पक्राउ गरेको छ। कछार पुलिस अधीक्षक कार्यालयबाट मंगलवार प्राप्त जानकारी अनुसार विशिष्ट गुप्तचर सूचनाको आधारमा कछार पुलिसले सिलचर थाना क्षेत्र अन्तर्गत कृष्णापुर पार्ट-11 क्षेत्रमा अवैध मादक पदार्थहरूको तस्करी विरोधी अभियान चलायो।

यस अवधि पुलिस टीमले उत्तर कृष्णापुर पार्ट-II मा एउटा ई-रिक्शा (एएस- 11एफसी 0743)-लाई रोकेर जाँच गर्दा 36 वटा खैरो रंगको प्याकेट भेट्यो जसमा 38 किलोग्राम संदिग्ध गाँजा भरिएको थियो। पुलिसले घटनास्थलबाट तीनजना आरोपीहरूलाई पक्राउ गऱ्यो। यी आरोपीहरूको पहिचान जमरुल हक लस्कर (29), नजरुल इस्लाम लस्कर (23) तथा अमजद हुसैन लस्कर (23)- को रूपमा भएको छ।

जफ्त गरिएको मादक पदार्थलाई स्वतन्त्र गवाहहरूको उपस्थितमा जफ्त गरियो। पुलिस अनुसार जफ्त गरिएको अवैध पदार्थको कालो बजारमा लगभग 30 लाख रुपियाँ रहेको अनुमान लगाइएको छ।

प्रारम्भिक जाँचमा यो खुलासा भएको छ, यो मादक पदार्थलाई मिजोरमको कोलासिबबाट ल्याइएको थियो। मामिलाको गहन जाँच जारी छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande