गुवाहाटी, 11 मार्च (हि.स.)। पूर्वोत्तर सीमान्त रेलवे (पूसीरे)-ले बहु-विषयक क्षेत्रीय प्रशिक्षण संस्थान (एमडीजेडटीआई), अलिपुरद्वारमा अलिपुरद्वार मण्डलका वरिष्ठ पर्यवेक्षकहरूको लागि 69औं प्रबन्धन विकास कार्यक्रम आयोजना गऱ्यो। कार्यक्रमको उद्देश्य रेलवे पर्यवेक्षकहरूलाई परिचालन चुनौतीसित प्रभावकारी ढंगमा सामना गर्नको लागि आवश्यक प्रबन्धकीय तथा तकनिकी कौशलद्वारा लैस गरी उनीहरूको दक्षता प्रभावशाीलतालाई बढ़ाउनु रहेको थियो।
पूसीरेका सीपीआरओ कपिञ्जल किशोर शर्माले आज बताएका छन्, वरिष्ठ उप महाप्रबन्धक (एसडीजीएम) औ मुख्य सतर्कता अधिकारी (सीवीओ) राजीव महाजन कार्यक्रममा उपस्थित भएर प्रशिक्षण सफलतापूर्वक पूर्ण गर्ने सबै 50 जना पर्यवेक्षकहरूलाई उपस्थितिको प्रमात्र पत्र प्रदान गरे।
यस अवधि विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूलाई उनीहरूक उत्कृष्ट उपलब्धिको लागि सम्मान पनि जनाइयो। एशियाली स्वर्ण पदक विजेता औ प्रतिष्ठित अर्जुन पुरस्कार प्राप्तकर्ता स्वप्ना बर्मनलाई एथलेटिक्समा उनको उत्कृष्टताको लागि सम्मानित गरियो भने रेलवेकी समर्पित शिक्षिका महुआ बिस्वासलाई शिक्षाको क्षेत्रमा उनको योगदानको कदर गर्दै सम्मानित गरियो।
मुख्य नर्सिङ अधीक्षक सन्ध्या रानीलाई स्वास्थ्य सेवाप्रति उनको प्रतिबद्धताको लागि सम्मानित गरियो। यस अतिरिक्त प्रतिभाशाली भरतनाट्यम नृत्यांगना त्रिशिता दासलाई भारतीय शास्त्रीय नृत्य औ सांस्कृतिक समृद्धिप्रति उनको समर्पणको लागि सम्मानित गरियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा