कछार (असम), 11 मार्च (हि.स.)। कछार पुलिसले 98 हजार याबा ट्याबलेट सहित एकजना व्यक्तिलाई पक्राउ गऱ्यो। कछारका पुलिस अधीक्षक नोमल महत्ताले मंगलवार बताए, गुप्त सूचनाको आधारमा कछार पुलिसले लक्षीपुर थाना क्षेत्रको चन्द्रपुर पार्ट-2, काकमरामा नशालु पदार्थहरूको अवैध तस्करी विरोधी विशेष अभियान संचालन गऱ्यो। अभियानको क्रममा पुलिसले अब्दुल रजाक (44)- लाई पक्राउ गऱ्यो।
पुलिसले आरोपीको घरबाट जमीनमुनि लुकाएर राखिएको 98 हजार संदिग्ध याबा ट्याबलेट र प्लास्टिकका दशवटा साबुनदालीमा राखिएको संदिग्ध हेरोइन जफ्त गऱ्यो। जफ्त गरिएका नशालु पदार्थहरूको कालो बजारमा लगभग 30 करोड़ रुपियाँ रहेको अनुमान लगाइएको छ। यस अतिरिक्त पुलिसले आरोपीबाट 3.5 लाख रुपियाँ नगद पनि जफ्त गरेको छ।
सबै औपचारिकताहरू पालन गर्दै स्वतन्त्र गवाहहरूको उपस्थितिमा जफ्त गरियो। जफ्त गरिएका नशालु पदार्थहरूको ड्रग डिटेक्शन किटद्वारा जाँच गर्दा सकारात्मक पाइयो। प्रारम्भिक जाँचमा थाहा लागे मुताविक यो मादक पदार्थ इम्फालदेखि तस्करी गरेर ल्याइएको थियो। पुलिसले आरोपीलाई पक्राउ गरी कानूनी कारबाही शुरू गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा