इटानगर, 11 मार्च (हि.स.)। सात दिवसीय अरुणाचल प्रदेशको आठौं विधानसभा सत्रको आज चौथो दिन दुईवटा सरकारी महत्वपूण बिल पारित गर्नको साथै राज्यपालको अभिभाषणलाई पनि स्वागत गरियो।
उपमुख्यमन्त्री चौना मिनद्वारा पेश दुवै सरकारी बिल क्रमैले अरुणाचल प्रदेश माल औ सेवा कर (संशोधन) विधेयक- 2025 औ अरुणाचल प्रदेश अरुण परिवार पत्र प्राधिकरण विधेयक- 2025 लाई आज सदनमा सबै सदस्यहरूले मत भोटले पारित गरे। दुवै बिललाई सत्रको पहिलो दिन नै सदनमा पेश गरिएको थिो। विधायक महेस चाईद्वारा राज्यपालको अभिभाषणलाई धन्यवाद प्रस्तावलाई केन्द्र गरेर ल्याइयो। चर्चामा केही विधायकहरूले भाग लिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा