मालदह, 11 मार्च (हि.स.)।पश्चिम बंगालको मालदह जिल्लामा नाका चेकिंग अवधि पुलिसमाथि आक्रमण भएको घटना सामु आएको छ। सोमवार मोथाबाड़ी क्षेत्रमा पुलिसले जाँच गरिरहेको समय केही युवकहरूले एउटा कारलाई वैध दस्तावेज नभएको आरोप लगाए, त्यसपछि यसको लाइभ भीडियो बनाउन शुरू गरे। पुलिसले उनीहरूलाई रोक्ने प्रयास गर्दा विवाद बढ़्यो अनि झड़पमा मोथाबाड़ी थानाका एएसआई रेजाउल करिम घाइते भए। यस मामिलामा पुलिसले तीनजना आरोपीहरूलाई पक्राउ गरेको छ।
सोमवार पुलिसले सदा जस्तै मोथाबाड़ीको गीता मोड़ क्षेत्रमा नाका जाँच गरिरहेको थियो। यसै अवधि एकजना युवकले पुलिसको कारबाहीको लाइभ भीडियो बनाउन शुरू गऱ्यो। एकजना सिभिक भोलन्टियरले उसलाई रोक्ने प्रयास गर्दा विवाद भयो। युवकहरूले आरोप लगाए, पुलिस स्वयंले अवैध वाहन प्रयोग गरिरहेको छ तथा स्थानीय मानिसहरूबाट अवैध असुली गरिरहेको छ।
त्यसपछि पुलिस र युवकहरूमाझ बहस तीव्र भयो। पुलिसले घटनास्थलमा अतिरिक्त पुलिस बललाई बोलायो, तर त्यसबेलासम्ममा स्थानीय मानिसहरू आक्रोशित भइसकेका थिए। विवाद बढ़ेपछि उनीहरूले एएसआई रेजाउल करिममाथि आक्रमण गरे। यस अवधि सम्पूर्ण घटनाको भीडियो भायरल भयो।
मामिला बढ़ेको देखेर मोथीबाड़ी थाना प्रभारी भारी पुलिस बल सहित घटनास्थलमा पुग्यो। पुलिसले स्थितिलाई नियन्त्रण गर्ने प्रयास गऱ्य, तर त्यसबेलासम्ममा वातावरण तनाउपूर्ण भइसकेको थियो। पछि भायरल भीडियोको आधारमा तीनजना आरोपीहरूलाई पक्राउ गरियो।
यस घटनापछि राजनीतिक बहस शुरू भएको छ। हालैमा राज्यकी मन्त्री सबिना यास्मिनले एक बैठकमा पुलिसको भूमिकामाथि प्रश्न उठाउँदै भनेकी थिइन्, यदि पुलिसले अन्याय गरे सम्पूर्ण तृणमूल कमिटीले थाना घेराउ गर्नेछ। अब यस घटनापछि प्रश्न उठ्न थालेको छ कि के यस प्रकारको बयानबाजीबाट मानिसहरूले कानूनलाई आफ्नो हातमा लिन थालेका छन्?
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा