बंगालमा विधायकहरूको दल-बदल मामिलामा सुप्रीम कोर्ट जानेछ भाजपाः शुभेन्दु अधिकारी
बंगालमा विधायकहरूको दल-बदल मामिलामा सुप्रीम कोर्ट जानेछ भाजपाः शुभेन्दु अधिकारी


कोलकाता, 11 मार्च (हि.स.)। पश्चिम बंगाल विधानसभामा विपक्षका नेता शुभेन्दु अधिकारीले मंगलवार भने, भाजपा विधायकहरूको दल-बदलको मुद्दालाई लिएर सुप्रीम कोर्टमा पुग्नेछ। यस मामिलामा राज्य विधानसभा अध्यक्ष विमान ब्यनर्जीलाई पनि पक्षकार बनाइनेछ।

शुभेन्दु अधिकारीको उक्त बयान यस्तो समयमा आएको छ जतिबेला एक दिनअघि हल्दिया विधानसभा सीटबाट भाजपा विधायक तापसी मण्डल तृणमूल कंग्रेसेमा सामेल भएकी छन्, तर उनले ‘भाजपा विधायक’- को पदलाई भने यथावत राखिन्। विधानसभा परिसर बाहिर मीडियासित बातचित गर्दै अधिकारीले भने, विधआनसभा अध्यक्षले भारतीय संविधानलाई सम्मान गर्दैनन्।

उनले भने, वर्ष 2022 देखि अहिलेसम्ममा तृणमूल कंग्रेसले विभिन्न दलहरू क्रमैले भाजपा, कंग्रेस, माकपा, रिभोल्यूशनरी सोशलिस्ट पार्टी औ फरवर्ड ब्लकका 56 जना विधायकहरूलाई आफ्नो पक्षमा ल्याइसकेको छ। विधआनसभा अध्यक्षले संविधानको 10औं अनुसूचीलाई पालन गरिरहेका छैनन् जुन ‘दलबदल विरोधी कानून’-सित सम्बन्धित छ।

अधिकारीले यो पनि आरोप लगाए, विधानसभा अध्यक्षले अवैध रूपमा उत्तर 24 परगनाको बारानगर विधानसभा सीटबाट तृणमूल विधायक सयन्तिका ब्यनर्जी अनि मुर्शिदाबादको भगवाँगोला सीटबाट रेयस हुसैन सरकारलाई सदनको कारबाहीमा भाग लिने अनुमति दिए जबकि राज्यपाल सी.वी. आनन्द बोसले यसममाथि आपत्ति जनाएका थिए।

उनले भने, हाैमा तेलंगानामा दशजना विधायकहरूको दल-बदलको मामिलामा सुप्रीम कोर्टमा याचिका दर्ता गरिएको छ ज सको सुनवाई आगामी 25 मार्चमा हुनेछ।अधिकारीले घोषणा गरे, त्यसपछि भाजपा पश्चिम बंगालको यस मामिलालाई लिएर पनि सुप्रीम कोर्टमा जानेछ अनि विधानसभा अध्यक्षलाई पक्षकार बनाउनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande