विधानसभा अध्यक्षको गढ़ बारूईपुरमा भाजपाको हुंकार, 19 मार्चमा निकालिनेछ ऱ्याली
विधानसभा अध्यक्षको गढ़ बारूईपुरमा भाजपाको हुंकार, 19 मार्चमा निकालिनेछ ऱ्याली


कोलकाता, 11 मार्च (हि.स.)। पश्चिम बंगालमा भाजपाले विधानसभा अध्यक्ष विमान ब्यनर्जीमाथि तृणमूल कंग्रेसको इशारामा विपक्षको आवाजलाई दमन गरेको आरोप लगाउँदै उनकै विधानसभा क्षेत्र बारूईपुरमा आगामी 19 मार्चमा ऱ्याली निकाल्ने घोषणा गरेको छ। भाजपाको भनाइ छ, अध्यक्षले सदनमा तटस्थ भूमिका निर्वाह गर्नको सट्टा सत्ताधारी दलको हितमा काम गरिरहेको छ।

राज्य विधानसभामा नेता प्रतिपक्ष शुभेन्दु अधिकारीले भने, हाम्रा विधायक हीरन च्यटर्जीलाई बोल्नदेखि रोकियो जतिबेला उनले सरकारको आलोचना गरे। यसपूर्व मैले र अन्य भाजपा विधायकहरूले ममता ब्यनर्जी सरकार अन्तर्गत बिग्रिदो कानून व्यवस्थाको मुद्दा उठाउँदा हामीलाई निलम्बित गरियो। अध्यक्षले आफ्नो पार्टी सुप्रीमोको निर्देशमा काम गरिरहेका छन्।

उनले भने, भाजपाले यस मुद्दालाई जनतासम्म लैजाउने फसेला गरेको छ साथ बारूईपरमा आगामी 19 मार्चमा एउटा विराट ऱ्याली निकालिनेछ ताकि विधानसभा अध्यक्षको निर्वाचन क्षेत्रमा मानिसहरूलाई साँचो कुरा बताउन सकियोस्।

अध्यक्षको चुनौती— हेरौं, मानिसहरू कहाँबाट ल्याउँछन्

भाजपाको यस घोषणामाथि प्रतिक्रिया दिँदै विधानसभा अध्यक्ष विमान ब्यनर्जीले कटाक्ष गरे, उनलाई मेरो निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्नको लागि स्वागत छ, तर म हेर्न चाहन्छु कि उनीहरूले यहाँ मान्छे कहाँबाट जुटाउनेछन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande