अलिपुरद्वार, 11 मार्च (हि. स.)। चिया बगानमा काम गर्दा-गर्दै चितुवाको आक्रमणमा परी एकजना महिला श्रमिक घाइते भएकी छन्। घटना मंगलवार बिहान फालाकाटाको तसाती चिया बगानमा भएको हो। यस घटनापछि चिया बगान तथा छेउछाउका क्षेत्रहरूमा भय व्याप्त भएको छ। घाइते महिला श्रमिकको नाम दुखुनी मुण्डा रहेको बताइएको छ।
प्राप्त जानकारी अनुसार सदा जस्तै श्रमिकहरू बगानमा काम गर्न गइरहेका थिए। अचानक चिया बगानको झाड़ीबाट निक्लेको एउटा चितुवाले बगानमा काम गरिरहेकी महिला श्रमिक दुखुनी मुण्डामाथि आक्रमण गऱ्यो। महिलाको चित्कार सुनेर वरिपरीका श्रमिकहरू घटनास्थलमा पुगे जसले गर्दा चितुवा त्यहाँबाट भाग्यो। चितुवाको आक्रमणमा परी महिला श्रमिक गम्भीर रूपमा घाइते भइन्। घाइते महिलालाई उद्धार गरी पहिला तसाती चिया बगानको अस्पतालमा लगियो जहाँ प्राथमिक उपचार गरेपछि बीरपाड़ा स्टेट जनरले अस्पतालमा पठाइयो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा