जमीन विवादलाई लिएर दुई पक्षमाझ झड़प, पाँचजना घाइते
जमीन विवादलाई लिएर दुई पक्षमाझ झड़प, पाँचजना घाइते


उत्तर दिनाजपुर, 11 मार्च (हि. स.)। जिल्लाको चोपड़ा जमीन विवाद मामिला फेरि एकपटक तातिएको छ। दासपाड़ा ग्राम पंचायतको चेतनागछ गाउँमा मंगलवार दुई पक्षमाध दड़प भयो भने झड़पमा दुवै पत्रका लगभग पाँचजना मानिसहरू घाइते भए।

स्थानीय सूत्र अनुसार उक्त गाउँमा आठ बिघा जमीनलाई लिएर विगत लामो समयदेखिकै विवाद भइरहेको थियो। यो विवाद स्थानीय हकिमुद्दीन र समिरुद्दीनमाझ भइरहेको थियो। त्यस दिन जमीनलाई दखलमुक्त गराउनको लागि समिरूद्दीन दलबल सहित गएका थिए। यसै अवधि दुई पक्षमाझ झड़प भयो। झड़प हुँदा घरमा आगो लगाउने प्रयास गरेको आरोप पनि लगाइएको छ।

भनिन्छ, दुवै पक्षबीच भएको झड़पमा न्यूनतम पाँचजना मानिसहरू घाइते भए। घाइतेहरूलाई अस्पतालमा भर्ती गरिएको छ। खबर पाएर चोपड़ा थानाको पुलिस घटनास्थलमा पुग्यो। हाल स्थिति नियन्त्रणमा छ। पुलिसले क्षेत्रमा पेट्रोलिंग गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande