सिलगढ़ी, 11 मार्च (हि.स.)। डिब्रुगढ़देखि नयाँ दिल्ली जाने राजधानी एक्सप्रेसमा एनजेपी जीआरपी, आरपीएफ औ कस्टमको टीमले
छापा मारेर लाखौं रुपियाँको विदेशी सिगरेटको भण्डार जफ्त गरेको छ।
सूत्र अनुसार एनजेपी जीआरपी, आरपीएफ औ कस्टमको टीमले गोपनीय सूचनाको आधारमा मंगलवार न्यू जलपाईगुड़ी रेलवे स्टेशनको प्लेटफर्म संख्या तीनमा अभियान चलायो। टीमले यस अवधि राजधानी एक्सप्रेस ट्रेनको बी-9 तथा 10 नम्बर दुई बोगीबाट दुईवटा ट्रंक जफ्त गऱ्यो। जफ्त गरिएको ट्रंकलाई खोल्दा 460 प्याकेट कोरियन सिगरेट भेटियो जसको अनुमानित बजार मूल्य 10-12 लाख रुपियाँ रहेको छ।
कस्टम सूत्र अनुसार म्यन्मारबाट सिगरेटको यस ठूलो खेपलाई भारतमा ल्याइएको होला। त्यसपछि असमदेखि राजधानी एक्सप्रेस ट्रेनको माध्यमबाट दिल्लीमा तस्करी गर्ने योजना बनाइएको थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा