नयाँ दिल्ली, 11 मार्च (हि.स.)। दक्षिण जिल्लाको लोधी कलोनी थाना पुलिसले घरबाट बेपत्ता चार वर्षी बालकलाई परिवारसित भेटाइदिएको छ। बालक घरदेखि टाड़ा लोधी रोड लाल बत्तीसम्म आइपुगेको थियो। पुलिसले बालकको सम्बन्धमा जानकारी जुटाएपछि उसको परिवारलाई सूचित गऱ्यो।
पुलिस अनुसार लोधी कलोनी पुलिसलाई गए सोमवार साँझ सूचना प्राप्त भयो, लोधी रोडमा दयाल सिंह लेज नजिक एकजना बालक बेवारिसे अवस्थामा रोइरहेको छ। तत्काल थानाबाट एउटा टीमलाई घटनास्थलमा पठाइयो। त्यहाँ पुगेपछि टीमलाई थाहा भयो, बालकको उमेर चार वर्ष हो। बालक आफ्ना माता-पिताको नाम बताउन समेत असमर्थ थियो। महिला पुलिस कर्मीहरूले बालकलाई शान्त बनाए।
पुलिसले बालकको परिचय खोलाउनको लागि क्षेत्रका सीसीटीभी फुटेजहरूको जाँच गऱ्यो। विभिन्न ग्रुपहरूमा बालकको फोटो साझा गऱ्यो तथा घर-घरमा पुगेर बालकको सम्बन्धमा जानकारी जुटायो। त्यसपछि पुलिसलाई पत्तो लाग्यो, कोटला मुबारकपुर थानामा एकजना बालक हराएको मामिला दर्ता गरिएको छ। पुलिसले सोही आधारमा बालकको घरको पत्तो लगाएर परिवारलाई सुम्पिदियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा