दक्षिण सालमारा (असम), 11 मार्च (हि.स.)। असम-मेघालयको सीमावर्ती दक्षिण सालमारा-मानकाचर जिल्लान्तर्गत सेउरागुरीमा आज बिहान भएको सड़क दुर्घटनामा एकजना व्यक्तिको मृत्यु भयो। यो दुर्घटना त्यसबेला भयो जतिबेला सड़क किनारमा राखिएको ट्रक (एएस-18सी-3188)-लाई पछाड़िबाट एउटा पिकअप भ्यान (एमएल—08एफ-9958)-ले गतिलो ठक्कर दियो। पिकअप भ्यानमा सवार एकजना श्रमिकको घटनास्थलमै मृत्यु भयो।
मृत श्रमिकको पहिचान रहिम बादशाह (30)- को रूपमा भएको छ जो असमको दक्षिण सालमारा मानकासर जिल्लान्तर्गत खारुआबान्धा गााउँ निवासी रहेको बताइएको छ। घटनाको जानकारी पाउनसाथ मेघालयको हेलिडेगञ्ज पुलिस स्टेशनको टीम घटनास्थलमा पुग्यो अनि शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि अस्पतालमा पठाइदियो। पुलिसले यस सम्बन्धमा एक प्राथमिकी दर्ता गरिएको छ।
.
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा