जादवपुर विश्वविद्यालयमा आपत्तिजनक ग्र्याफिटीमाथि बबाल
जादवपुर विश्वविद्यालयमा आपत्तिजनक ग्र्याफिटीमाथि बबाल


कोलकाता, 11 मार्च (हि.स.) । जादवपुर विश्वविद्यालयमा छात्र संघ चुनाउको मागमा शुरू भएको आन्दोलन अब राष्ट्र विरोधी गतिविधिहरूको केन्द्र बन्दै गइरहेको छ। यो आन्दोलनको आड़मा कश्मीर तथा फिलिस्तीनलाई लिएर आपत्तिजनक ग्र्याफिटी प्रयोग गरियो जसलाई लिएर विवाद उत्पन्न भएको छ।

विश्वविद्यालय परिसरको गेट नम्नर्र तीन नजिक भित्तामा यस्तो नारा लेखिनाले राजनीतिक हावा तातिएको छ। एकातिर तृणमूल कंग्रेस समर्थित शिक्षक औ छात्र संगठनहरूले यसको विरोध गरे भने अर्कोतिर वामपन्थी छात्र संगठनहरूले यसलाई लिएर दमनकारी नीति अप्नाएको आरोप लगाए।

जादवपुर विश्वविद्यालय परिसरको गेट नम्बर तीन नजिक पर्खालमा 'आज़ाद कश्मीर' औ 'फ्री फिलिस्तीन' लेखिएपछि क्याम्पसमा विवाद शुरू भयो। विश्वविद्यालय प्रशासनले यसको जानकारी भएपछि यस्तो नारा कसले लेखेको हो र यसको पछाड़ि को छ आदि प्रश्नको जाँच शुरू गरेको छ।तथापि अहिलेसम्म यो स्पष्ट हुन सकेको छैन कि यसको लागि को जिम्मेवार छ।

घटनामाथि विश्वविद्यालयको तृणमूल छात्र परिषद (टीएमसीपी)-का अध्यक्ष किशलय रायले भने, केही अति-वामपन्थी छात्र संगठन यस प्रकारको गतिविधिमा सामेल छ। क्याम्पस घुम्दा यस किकसिमको ग्र्याफिटी धेरै देख्न सकिन्छ।

अर्कोतिर स्टुडेन्ट्स फेडरेशन अफ इण्डिया (एसएफआई)- का नेता अभिनबा बसुले यस आरोपलाई खारेज गर्दै भने, हामी अलगाववादी विचारधारालाई समर्थन गर्दनैं, तर हामी भाजपा शासित राज्यहरूमा अल्पसंख्यकहरूमाथि भइरहेको दमनको वरोधमा छौं। फिलिस्तीन मुद्दामा हाम्रो नीति स्पष्ट छ।

तृणमूल कंग्रेस समर्थित शिक्षकहरूको मञ्चसित सम्बन्धित प्रोफेसर ओम प्रकाश मिश्राले यस ग्र्याफिटीमाथि असन्तुष्टि व्यक्त गर्दै भने, हामी कुनै पनि पोस्टर वा ग्र्याफिटीलाई समर्थन गर्दैनौं जसले अलगाववादलाई प्रोरित गर्दछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande