हवाईअड्डामा यात्रीको ब्यागभित्र भेटियो पेस्तोलको गोली, हिरासतमा जाँचबुझ
हवाईअड्डामा यात्रीको ब्यागभित्र भेटियो पेस्तोलको गोली, हिरासतमा जाँचबुझ


डिब्रुगढ़ (असम), 11 मार्च (हि.स.)। डिब्रुगढ़ हवाईअड्डामा एकजना यात्रीको ब्यागबाट 9 मिमी पेस्तोकलो गोली भेटियो। पुलिसले यात्रीलाई हिरासतमा लिएर जाँचबुझ गऱ्यो।

पुलिसले बताएको छ, इण्डिगोको उड़ानमा शम्भु दयाल नामक यात्री डिब्रुगढ़देखि राजस्थानस्थित आफ्नो घर जानका लागि डिब्रुगढ़ हवाईअड्डामा पुगेका थिए।हवाईअड्डामा सुरक्षा कर्मीहरूले जाँच गर्दा यात्रीक ब्यागभित्र 9 मिमीको गोली भेटे।

यस यसम्बन्धमा शम्भुको भनाइ छ, केही वर्षदेखिको तिनी अरूणाचल प्रदेशको लन्गडिंगमा व्यवसायको सिलसिलामा बस्दै आइहेका छन्। अरूणाचल प्रदेशमा बस्दा विभिन्न अग्रवादी समूहले तिनीसित पैसाको माग गरिरहन्छ। शम्भु अनुसार तिनको ब्यागमा गोली कसरी पुग्यो, यस बारेमा तिनलाई केही पनि थाहा छैन।

डिब्रुगढ़ हवाईअड्डामा पुगेको मोहनबारी पुलिसले शम्भुलाई जाँचबुझको लागि हिरासतमा लिएको छ। पुलिसले जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande