सिलगढ़ी, 11 मार्च (हि. स.)। सशस्त्र सीमा बल (एसएसबी) जवानहरूले खोरीबाड़ीमा मार्फीन (ड्रग्स) सहित एकजना युवकलाई पक्राउ गरेका छन्। पक्रा पर्ने युवकको नाम देवब्रत सरकार हो जो सिलगढ़ी महकुमाको फाँसीदेवा निवासी रहेको बताइएको छ। एसएसबीले युवकलाई अग्रिम कारबाहीको लागि मंगलवार खोरीबाड़ी थानाको पुलिसलाई सु्म्पिदियो।
पुलिस सूत्र अनुसार गए आइतवार राति खोरीबाड़ीको दूधगेट पानीट्यांकी नजिक मार्फीन सहित एकजना युवकलाई एसएसबीले समात्यो। पक्रा पर्ने युवकबाट एसएसबी जवानहरूले 101 ग्राम मार्फीन जफत गरेका छन्। जफत गरिएको मार्फीनको अनुमानित बजार मूल्य लाखौं रुपियाँ रहेको छ। आरोपी युवकलाई पुलिसकहाँ सुम्पिइएको छ। पुलिसले यस कुराको जाँच गरिरहेको छ कि यस घटनामा अन्य को-को सामेल छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा