कोलकाता, 11 मार्च (हि. स.)। कोलकाता सहित दक्षिण बंगालको तापमान द्रूत गतिमा बढ़िरहेको छ। होलीको दिन यो 38 डिग्री सेल्सियससम्म पुग्नसक्छ। मौसम विभागले अनुमान लगाएको छ, यसपालि बसन्त उत्तसव अत्यन्त गर्मी रहनेछ। अर्कोतिर उत्तर बंगालको मौसम भने भिन्नै रहनेछ जहाँका पार्वतीय क्षेत्रहरूमा वर्षा हुने सम्भावना छ।
अलिपुर मौसम विभाग अनुसार दक्षिण बंगालमा तापमान तीव्र गतिमा बढ़िरहेको छ। कोलकातामा होलीको दिन तापमान 35-36 डिग्री सेल्सियससम्म पुग्नसक्छ जबकि जिल्लाका अन्य कतिपय भागहरूमा यो 38 डिग्रीभन्दा माथि पुग्नसक्छ। हाल दक्षिण बंगालमा पानी पर्ने कुनै सम्भावना छैन। बिहान-बेलुकी सामान्य चिसो महसूस भए पनि दिन बढ़्दै गएपछि गर्मी धेरै बढ़्नेछ। आगामी चार-पाँच दिनभित्रमा अधिकतम तापमान चार डिग्रीसम् बढ़्नसक्छ भने न्यूनतम तापमान सामान्यभन्दा तीन डिग्री अधिक रहने आशा छ।
उत्तर बंगालमा मंगलवारदेखि नै वर्षा हुने सम्भावना छ। दार्जीलिङ, जलपाईगुड़ी औ कालेबुङ जिल्लामा हल्का पानी पर्नसक्छ, तर बुधवार र बिहीवार वर्षाको तीव्रता बढ़्नसक्छ। दार्जीलिङ, कालेबुङ, अलिपुरद्वार, जलपाईगुड़ी, कुचबिहार अनि उत्तर दिनाजपुर जिल्लामा मेघ गर्जन सहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना व्यक्त गरिएको छ। होलीको दिन पनि उत्तर बंगालका केही भागहरूमा पानी पर्नसक्छ।
मौसम वैज्ञानिकहरू अनुसार 12 मार्चमा एउटा नयाँ पश्चिमी विक्षोभ सक्रिय हुनसक्छ जसबाट राजस्थान र असममा चक्रवातको स्थिति उत्पन्न हुनसक्छ। यस अतिरिक्त दक्षिण-पश्चिम बंगालको खाड़ीमा पनि चक्रवात उपस्थित छ। मध्य प्रदेशदेखि हरियाणासम्म एक द्रोणिका रेखा फैलिएको छ जसबाट दक्षिण बंगालमा गर्मी बढ़िरहेको छ।
कोलकातामा मंगलवार न्यूनतम तापमान 23.2 डिग्री सेल्सियस दर्ता गरियो भने सोमवार अधिकतम तापमान 32.4 डिग्री रह्यो। हावामा नमी 40देखि94 प्रतिशतबीच रह्यो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा