गुवाहाटी, 11 मार्च (हि.स.)। गुवाहाटीको फटासिल आमबारी पुलिसले चोरीको रहस्य सुल्झाउँदै तीनजना कुख्यात चोरहरूलाई पक्राउ गरेको छ।
पुलिसले मंगलवार बतायो, फटासिल आमबारी पुलिस थानाको एक टीमले गणेशपारामा चोरीको मामिलाको जाँच गर्ने क्रममा चोरहरूलाई पक्राउ गऱ्यो। यी चोरहरूको पहिचान बबिदुल मियाँ, बरेक अली औ नूर इस्लामको रूपमा गरिएको छ।
जाँचबुझमा पुलिसले अभियुक्तबट 5 वटा मोबाइल हयाण्डसेट, 83 पीवीसी ट्याप वाल्व, 100 मीटर बिजुलीको तार, लगभग 100 ग्राम ताँबाको तार, 2 वटा फलामको हुक, 2 वटा दाव, 1 गिरमिट, 1 छिनो, 2 पंखाको कोवायल, 1 जोड़ी ग्रे-सेतो रनिंग शूज़ (अपराध अवधि लगाएको), 1 हल्का नीले रंगको जीन्स तथा 1 नीलो र कालो हाफ ज्याकेट (अपराध अवधि लगाएको) जफत गऱ्यो। घटनाको सम्बन्धमा दर्ता प्राथमिकीको आधारमा कानूनी कारबाही शुरू गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा