आनन्द विहार क्षेत्रमा टेन्टमा आगलागी, तीनजना श्रमिकहरूको मृत्यु
आनन्द विहार क्षेत्रमा टेन्टमा आगलागी, तीनजना श्रमिकहरूको मृत्यु


नयाँ दिल्ली, 11 मार्च (हि.स.)। शाहदरा जिल्लाको आनन्द विहार क्षेत्रमा गए राती एक अस्थायी टेन्टमा आगो लाग्यो। यस घटनामा तीनजना श्रमिकहरूको जलेर मृत्यु भयो भने एकजना श्रमिक सामान्य रूपमा घाइते भए। घटना गए राती 2 बजेर 22 मिनटमा भएको हो। यस अवधि एउटा सानो ग्यास सिलेण्डर पड़्केर आगोले झन् उग्र रूप लियो।

घटनाको सूचना पाउनसाथ आनन्द विहार थाना पुलिस एवं दमकलका दुईवटा वाहनहरू घटनास्थलमा पुगे। दमकलकर्मीहरूले आधा घण्टाभित्रमा आगोलाई निभाए। आगो निभाइसकेपछि सर्च अपरेशन अवधि अस्थायी टेन्टबाट तीनवटा जलेको शव उद्धार गरियो। पलिसले शवलाई कब्जामा लिएर पोस्टमर्टमको लागि नजिकैको अस्पतालको शवगृहमा रखाएको छ। घटनास्थलमा क्राइम टीमले निरीक्षण गरी प्रमाण जुटाएको छ।

दमकल विभाग अनुसार आनन्द विहार कड़कड़डूमा कोर्टस्थित एजीसीआर एन्क्लेभ छेवैमा एक अस्थायी टेन्टमा आगो लागेको सूचना प्राप्त भयो। सूचना पाउनसाथ दमकलका दुईवटा वाहनहरूलाई घटनास्थल तर्फ पठाइयो। दमकलकर्मीहरूले 2:50 बजे आगलाई निभाए।

शाहदरा जिल्लाका डीसीपी प्रशान्त गौतम अनुसार मृतकहरूको पहिचान जग्गी (30) र उनको भाइ श्याम सिंह (40) तथा कान्ता प्रसाद उपनाम जितेन्द्र (37)-को रूपमा भएको छ भने यिनीहरू सबै उप्रको औरेया निवासी थिए र यहाँ श्रमिकको काम गर्दथे।

पुलिसद्वारा बताइए मुताविक मृतकहरू लगायत अर्को घाइते श्रमिक इन्द्रप्रस्थ ग्यास लिमिटेड (आईजीएल)-मा काम गर्दथे र मंगलरोडमा डीडीए प्लट नजिकै अवस्थित एक अस्थाय टेन्टमा बस्थे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande