नयाँ दिल्ली, 11 मार्च (हि.स.)। दक्षिण जिल्लाको मालवीय नगर क्षेत्रमा सड़कमा पैदल हिँड़िरहेका एकजना व्यक्तिसित कुटपित गरी मोबाइल फोन लुटेर भागेका दुईजना लुटेराहरूलाई पलिसले पक्राउ गरेको छ। यी लुटेराहरूको पहिचान ललित र हिमांशुको रूपमा भएको छ। यिनीहरूले स्कुटीमा सवार भएर पैदल हिँंड़िरहेका मानिसहरूलाई आफ्नो शिकार बनाउँदै आइरहेका थिेए। पुलिसले यिनीहरूको कब्जाबाट घटनामा प्रयोग गरिएको स्कुटीलाई पनि जफ्त गरेको छ। एकजना पुलिस अधिकारीले बताए, मालवीय नगर थानामा सूचना प्राप्त भएको थियो, पीएसआरआई अस्पताल छेउमा एकजना व्यक्तिलाई लुटेर दुईजना उपद्रवीहरू भागेका छन्। पुलिस टीम घटनास्थलमा पुग्दा सिकायतकर्ताले बताए, उसले पेन्टरको काम गर्छ। साँझ 6 बजे आफ्नो कामबाट फर्किरहेको बेला स्कुटी सवार तीनजा युवकहरूले अचानक उसलाई बाटो छेके। तीनजना युवकहरूले उसित कुटपिट गरेर मोबाइल फोन लुटेर भागे। पुलिसले मुद्दा दर्ता गरी जाँच शुरू गऱ्यो। घटनास्थल वरिपरीको सीसीटीभी क्यामराको जाँच गरियो। सयभन्दा अधिक सीसीटीभी फुटेजको जाँच गरेपछि आरोपीहरूलाई चिन्हित गरियो। पुलिस टीमले यस आधारमा दुवैलाई अम्बेडकर नगर क्षेत्रबाट समात्यो।जाँचबुझमा आरोपीले बताए, लुटिएको मोबाइल फोन उनीहरूको तेस्रो साथीसित छ। हाल पुलिसले तेस्रो साथीलाई खोजिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा