बाक्साको शिमलामा सड़क दुर्घटना दुई बाइकर्सको मृत्यु
बाक्साको शिमलामा सड़क दुर्घटना दुई बाइकर्सको मृत्यु


बाक्सा (असम), 11 मार्च (हि.स.)। बाक्सा जिल्लान्तर्गत शिमला क्षेत्रमा गए अबेर राति भएको एक सड़क दुर्घटनामा दुईजना बाइकर्सको मृत्यु भयो। पुलिसले आज बताएको छ, मृतकहरूको पहिचान जालाहका विक्की मेधीर दक्षिण क्षेत्रका मृगांका दासको रूपमा भएको छ। प्राप्त जानकारी अनुसार दुर्घटना शिमलादेखि जालाह जाँने क्रममा भएको हो।

सूत्रले बताएको छ, मृतक विक्की मेधीलाई जालाह क्षेत्रमा एक जना फुटबल खेलाड़ीको रूपमा चिनिन्थ्यो भने मृगांका दास एक जना सीआईएसएफ जवान थिए। दुवै युवक गए राति बाइकमा सावर भएर शिमलाबाट गइरहेका थिए यसै क्रममा उनीहरू सड़क किनारमा एउटा भुटानी ट्रकसित ठोक्कियो। यसबीचशिमला पुलिसले दुवै शवलाई उद्धार गरी मुसलपुरको डा. रवि बोड़ो सिभिल अस्पतालमा पठाइदियो। पुलिस मामिलाको जाँचमा जुटेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande