अलिपुरद्वार, 11 मार्च (हि. स.)। सामुक्ताला थानाको पुलिसले तृणमूल अञ्चल अध्यक्ष सहित दुई जनालाई ब्राउन शुगरको साथमा पक्राउ गरेको छ। आरोपीको नाम विष्णु राय र मालदा कालियाचक निवासी सञ्जय मण्डल हो। यीध्ये विष्णु राय तृणमूल माझीरदाबरी पश्चिमका अञ्चल अध्यक्ष
हुन्।
पुलिस सूत्र अनुसार सोमवार अबेर राति सामुक्ताला थानाको पुलिसले गुप्त सूचना पाएपछि माझीरदाबरी क्षेत्रमा तृणमूल पार्टी कार्यालय सामु छापा मारेर मालदा कालियाचक निवासी सञ्जय मण्डल र तृणमूण अध्यक्ष विष्णु रायलाई पक्राउ गऱ्यो। दुवैको जाँच गर्दा 52 ग्राम ब्राउन शुगर जफत गरियो जसपश्चात दुवलाई सामुक्ताला थानाको पुलिसले जाँचबुझपछि एनडीपीएस एक्ट अन्तर्गत पक्राउ गरियो। सामुक्ताला थानाको पुलिस अग्रिम कारबाहीमा जुटेको छ।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा